सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण टुर कार्यक्रम प्राविधिक करणले कार्तिक १० गते ( October 26 ) हुने आयोजक हिमालयन क्रिएशनले जानकारी गराएको छ ।

लण्डन, ओन्टारियोमा पहिलो पटक लाइभ म्युजिक विथ ब्याण्डको कार्यक्रम हुन गइरहेको छ । नेपाली समुदायमा दशैँ तिहारको छुट्टै महत्व छ। त्यसैले विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई समेट्दै दशैं तिहारको माझमा यस कार्यक्रम आयोजना गरिएको छ ।

नेपाली समुदायमा सक्रिय हिमालयन क्रियशनले विविध नेपाली संगित तथा संस्कृतिको जगेर्ना गर्ने उद्धेश्य अनुरुप अन्टारियो, लण्डनकै प्रतिष्ठित म्युजिकल हलमा हिमालमयन क्रियशनले पहिलो पटक नेपाली ब्याण्ड सबिन राई एण्ड फारोसको लाइभ कार्यक्रम आयोजना गरेको छ । २००० दर्शकको माझमा नेपाली कला, संस्कृति सम्बद्र्धन गर्दै नेपाली बालबालिकादेखि जेष्ठ नागरिक सम्म प्रिय सबिन राईलाई लण्डन म्यु्जिक हलमा लाइभ प्रस्तुत गरी नेपाली गित संगीतलाई प्रबद्र्धन गर्ने लक्ष्य राखेको हिमालय क्रियशनले जनाएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago