जापान । नेपाल स्थायी घर भई हाल जापानमा अध्ययनको सिलसिलामा आउनुभएको नेपाली बिद्यार्थी हरुको साझा संस्था नेपाली विद्यार्थी समाज ( नेसाज ) को २० औँ राष्ट्रिय अधिवेशन जनवरी २८ मा हुँदैछ ।
आधिबेशन ले नयाँ नेतृत्व चयन सहित संस्थालाई गतिशील दिनका लागि ओसाकाको तेन्नोजीमा रहेको कुमिनो सेन्टर मा आगामी जनवरी २८ तारिख अधिवेशन हुन लागेको संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भुषाल ले जानकारी दिनु भएको छ ।
नेसाजले जापानमा रहेको दुतावास तथा एनआरएनए लगाएत संघसस्था सँग समन्वय गर्दै समग्र नेपालका र नेपालीका लागि विभिन्न अपत बिवतमा सहयोग गर्दै आईरहेको र पछील्लो समय जापानमा नेपाली विद्यार्थीको संख्या दिनानुदिन वृद्धि हुदै गर्दा नेसाजले खेल्नु पर्ने भूमिका अझै बढेको बताउनु भयो ।
सन् १९९७ स्थापना कालदेखि नै निरन्तर नेपाली विद्यार्थीहरूको समस्या समाधानमा समन्वयकारि भूमिका ल गर्दै, शैक्षिक सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम आदिले निरन्तर नेपाली विद्यार्थीहरू, नेपाल र नेपालीसमाज लाई जोड्दै आएको संस्थाका निवर्तमान अध्यक्ष एव संरक्षक कृष्ण भुषाल ले जानकारी दिनुभएको छ ।
संस्थाले हाल सम्म नेपाली बिद्यार्थी हरुका हक अधिकार सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली बिद्यार्थी हरुमा भएका अन्तर्निहित प्रतिभा बाहिर ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको समेत महासचिव सञ्जय कार्कीले जानकारी दिनु भयो। जापानमा बिद्यार्थी का रुपमा आई अध्ययन पछी बिभिन्न पेसा ब्यवसाएमा अवद्द हुनु भएका अग्रज एवम बिज्ञ हरुको समेत उपस्थिती रहने भएकाले अग्रजको अनुभव सुन्दै आफ्नो भविश्य उज्वल बनाउने अवसर पनि भएकाले जापानमा रहनुभएका सम्पूर्ण नेपाली बिद्यार्थी हरुमा उत्साहजनक सहभागिता को लागि कार्यक्रम संयोजक बिकास अधिकारीले आग्रह समेत गर्नुभयो ।
साथै विद्यार्थीमा भएको प्रतिभा उजागर गर्नका लागि नाचगान या सन्देश मुलक गजल कबिता वाचन गर्ने विधार्थी लाई सम्मान पत्र प्रदान गरिने भएकाले त्यस्ता प्रतिभा भएका विधार्थीले आयोजक लाई अग्रिम जानकारी गराई नाम टिपाउन समेत आग्रह गर्नु भएको छ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…