रोटर्याक्ट क्लब अफ बिर्तामोडले प्रणय दिवस यसरी मनायो

२०८०, ३ फाल्गुन बिहीबार १५:२६

 बिर्तामोड। प्रणय दिवस को ( भ्यालेन्टाइन डे ) अवसरमा हार्ट्स अफ होप कार्यक्रममा प्रेमको केक काटेर र विद्यार्थीहरूलाई स्टेशनरी सामग्रीहरू र खेलकुद सामग्रीहरू वितरण गरिएको छ । बितरण सामग्रिमा १० दर्जन कपी, ४ वटा फुटबल कलम ,पेन्सिल , इरेजर, ब्याडमिन्टन, क्रिकेट ब्याट, बल ,वितरण गरिएको छ । खेलकुद सामग्री करिब १५ हजार बराबरको थियो।

 

तारा नमस्ते अनाथालयमा माया र समर्थनको यो कार्यक्रमले उनीहरूको अनुहारमा मुस्कान र हृदयमा न्यानोपन ल्याउनेछ भनी विश्वास गरिएको छ ।

यी बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्ने प्रयास गर्दै , यस विशेष दिनमा खुशी र आशा फैलाउन , अध्यक्ष बाप्पा शाह को नेतृत्वमा , प्रमुख अतिथि मदन बुढाथोकी, रोटरी पूर्व अध्यक्ष रोटेरियन नवीन घट्टानी, Rotary youth chair शैलेन्द्र कुरुम्बाङ रोटर्याक्टका पूर्व अध्यक्ष विकास बस्नेत, प्रकाश थापा, निवर्तमान अध्यक्ष बसन्त ढकाल, कार्यक्रम संचलक कुशल अधिकारीले गर्नुभएको थियो भने शुभकामना मन्तव्य सुशील थापाले राख्नु भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु