जापान । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुने दोस्रो ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको छ।
युवाका लागि खेलकूद भन्ने मान्यताका साथ मार्च ३ तारिख हुने उक्त प्रतियोगिताको लागि जापानभर रहेका फुटसल प्रेमीहरूले टिम दर्ता गराउने क्रम जारी रहेको र टिम दर्ताका लागि फेब्रुअरीको २३ तारिखसम्म अन्तिम म्याद राखिएको कार्यक्रमका संयोजक तथा एनआरएनए जापानमा युवा संयोजक मुक्तिराज रेग्मीले जानकारी दिए।
संयोजक रेग्मीका अनुसार जापानमा रहेका नेपाली युवाहरुलाई खेलकुदप्रति सक्रिय बनाइराख्न र खेलकुदका माध्यमबाट सामाजिक क्रियाकलापमा संलग्न बनाउन उत्प्रेरित गराउन सहयोग पुर्याउनका लागि एनआरएनए जापानले गतवर्षदेखि सञ्चालन गरेको प्रतियोगितालाई यस वर्ष व्यवस्थित रुपमा निरन्तरता दिन लागिएको बताए।
जापानको चिवाको जेड फुटसल स्पोर्टस् ८५ माएगासकी नागारेयामा हुने फुटसल प्रतियोगिताको विनर हुने टिमलाई ५ लाख ५ हजार ५ सय ५५ जापानी येन र रनिङ कप प्रमाण पत्र र ट्रफी, फस्ट रनर अप टिमलाई ३ लाख ३ हजार ३ सय ३३ जापानी येन, प्रमाण पत्र र ट्रफी, सेकेन्ड रनर अप टिमलाई १ लाख ११ हजार १ सय ११ जापानी येन, प्रमाण पत्र र ट्रफीसहितको पुरस्कार प्रदान गरिने सह आयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिवाले जानकारी दिएको छ ।
खेलाडीको हौसला वृद्धि गराउने उद्देश्यले खेल सञ्चालनका क्रममा वेष्ट प्लेयर,वेष्ट गोलकिपर, द टप स्कोरर, द वेष्ट कोच, द फेयर अवार्ड टिमलाई १० हजार जापानी येन र म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिने आयोजक टिमका सदस्य तथा एनआरएनए जापानका उपाध्यक्ष सचिन श्रेष्ठको भनाइ छ।
खेल क्षेत्रमार्फत सामाजिक सेवाका कार्यमा सहभागी हुन युवाहरुलाई उत्साहित बनाउँदै एनआरएनएको अभियानमा जोड्नका लागि यो फुटसल फलदायी हुने विश्वास आफूले लिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरे बताए। जापानमा रहेका सबै संघ संस्था व्यावसायिक व्यक्तित्व एनआरएनएका अभियन्ता र सामाजिक अभियन्ताहरुलाई उक्त फुटसल प्रतियोगिताका लागि लागि आफ्नो ठाउँबाट सकेको सहयोग गर्नका लागि अध्यक्ष निउरेको आग्रह छ।
एनआरएनए जापानले जापान भर रहेका युवाहरुलाई समेट्ने उदेश्यले प्रतियोगिता सञ्चालन गर्न लागेकोले यससँग चासो राख्ने सम्पूर्ण जापानबासी नेपाली युवाहरुलाई प्रतियोगितामा भाग लिन र अन्य दाजुभाइ दिदीबहिनीलाई आर्थिकसहितको आवश्यक सहयोग गरिदिनका लागि कार्यक्रम संयोजक रेग्मीले अनुरोध गरेका छन्। “प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिसकिएको छ सहभागिताका लागि सम्पूर्णमा अनुरोध गर्दछु ।” संयोजक रेग्मीको भनाइ छ।
प्रतियोगितालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्ने गरि आवश्यक सम्पूर्ण तयारी भइरहेको र खेल पूर्णत व्यवस्थित मर्यादित र शान्तपूर्ण रूपमा सम्पन्न हुने आयोजकको भनाइ छ।
प्रतियोगिताको आयोजक एनआरएनए जापान सह आयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिवा र सहयोग एनआरएनए जापानका ११ वटै क्षेत्रीय समितिको रहेको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…