“ओसाका दशैं फेस्टिवल २०२४: प्रवासमा नेपाली संस्कृति र उत्सवको रौनक”

ओसाका। जापानमा नेपालीहरुको महान् पर्व बडा दशैंको अवसरमा डिस्कभरी सर्पोटको आयोजनामा दशैं फेस्टिवल हुने भएको छ। अक्टोबर १२ तारिक, अर्थात् विजया दशमीको टिका लगाउने दिनको अवसरमा ओसाकाको नाम्बामा कार्यक्रमको आयोजना गरिने छ। यस कार्यक्रममा टिका, जमरा, पिङ, नेपाली खानाका विभिन्न परिकारहरू, साथै विभिन्न खेलकुद र मनोरञ्जनात्मक गतिविधिहरू पनि हुनेछ।

डिस्कभरी सर्पोट तथा आयोजक संस्थाका प्रतिनिधि युकी जापानका सीईओ युयाङ लामाले यो जानकारी दिँदै, जापानमा अध्ययनको क्रममा दश वर्षदेखि दशैं मनाउन नपाएका धेरै नेपालीहरुको लागि यस फेस्टिवलले विशेष रौनकता थप्ने विश्वास व्यक्त गरेका छन्। साथै जापानका सामाजिक अभियन्ता विकास अधिकारीले पनि यस पटकको दशैं फेस्टिवललाई निकै उत्साहपूर्ण ठानेका छन्।

कार्यक्रम एभरेष्ट फेस्टा भएको स्थानमा हुनेछ, जहाँ लगभग ३ हजार नेपालीहरुको सहभागिता हुने अनुमान गरिएको छ। ठुलो संख्यामा नेपालीहरु बसोबास गर्ने ओसाकामा यस कार्यक्रमले थप उत्साह ल्याउने अपेक्षा गरिएको छ। फेस्टिवलमा नेपाली, थकाली, नेवारी परिकारहरूका साथै श्रीलंका, बंगलादेश र भारतका खानाका स्टलहरू पनि रहनेछन्। लगभग २६ वटा स्टलमा व्यवसायिक कम्पनीहरू, रेमिट्यान्स्, रियल स्टेट लगायतका सेवाहरू रहने जनाइएको छ।

आयोजकहरूले दशैं फेस्टिवलमा सहभागी भई रमाइलो गर्न सबै नेपाली समुदायलाई निमन्त्रणा गरेका छन्।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago