ओसाका। जापानमा नेपालीहरुको महान् पर्व बडा दशैंको अवसरमा डिस्कभरी सर्पोटको आयोजनामा दशैं फेस्टिवल हुने भएको छ। अक्टोबर १२ तारिक, अर्थात् विजया दशमीको टिका लगाउने दिनको अवसरमा ओसाकाको नाम्बामा कार्यक्रमको आयोजना गरिने छ। यस कार्यक्रममा टिका, जमरा, पिङ, नेपाली खानाका विभिन्न परिकारहरू, साथै विभिन्न खेलकुद र मनोरञ्जनात्मक गतिविधिहरू पनि हुनेछ।
डिस्कभरी सर्पोट तथा आयोजक संस्थाका प्रतिनिधि युकी जापानका सीईओ युयाङ लामाले यो जानकारी दिँदै, जापानमा अध्ययनको क्रममा दश वर्षदेखि दशैं मनाउन नपाएका धेरै नेपालीहरुको लागि यस फेस्टिवलले विशेष रौनकता थप्ने विश्वास व्यक्त गरेका छन्। साथै जापानका सामाजिक अभियन्ता विकास अधिकारीले पनि यस पटकको दशैं फेस्टिवललाई निकै उत्साहपूर्ण ठानेका छन्।
कार्यक्रम एभरेष्ट फेस्टा भएको स्थानमा हुनेछ, जहाँ लगभग ३ हजार नेपालीहरुको सहभागिता हुने अनुमान गरिएको छ। ठुलो संख्यामा नेपालीहरु बसोबास गर्ने ओसाकामा यस कार्यक्रमले थप उत्साह ल्याउने अपेक्षा गरिएको छ। फेस्टिवलमा नेपाली, थकाली, नेवारी परिकारहरूका साथै श्रीलंका, बंगलादेश र भारतका खानाका स्टलहरू पनि रहनेछन्। लगभग २६ वटा स्टलमा व्यवसायिक कम्पनीहरू, रेमिट्यान्स्, रियल स्टेट लगायतका सेवाहरू रहने जनाइएको छ।
आयोजकहरूले दशैं फेस्टिवलमा सहभागी भई रमाइलो गर्न सबै नेपाली समुदायलाई निमन्त्रणा गरेका छन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…