नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको छ ।

यही अप्रील १३ तारीख टोकियोको शिनओकोबो स्थित सोलमारी मुराहलमा आयोजना गरीएको कार्यक्रममा नयां वर्षको शुभकामना आदानप्रदान संगै सांस्कृतीक सांझ गर्ने भएको हो । जापानमा रहेका अर्घाखाँचीबासी लगायत नेपालीहरुलाई मनोरज्जनका साथै नेपाली संस्कृतीको निरन्तरताको लागी कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष कृष्ण केशीले जानकारी दिनुभयो । उहांले मनोरज्जन संगै समाजका पूर्व अध्यक्ष, संस्थापक सदस्य एवम् समाजलाई सहयोग पुर्याउने जापानमा रहेका बिभिन्न संघसंस्थाका क्रियाशील व्यक्तिहरुलाई सम्मान समेत गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली लोक संगित क्षेत्रका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । जापानलाई कर्मथलो बनाउदै आउनुभएका चर्चित कलाकार चेतन घर्ती मगर, सोना केसी, समुन्द्रराज पौडेल लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने समाजका उपाध्यक्ष तथा सांगितीक सांझ कार्यक्रमका संयोजक गोबिन्द बिष्टले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिताका लागी जापान स्थित बिभिन्न संघसस्थाहरुलाई पत्रचार गरीसकेको समाजका महासचिव अर्जुन आचार्यले जानकारी दिनुभयो । साथै सास्कृतीक सांझ खुल्ला भएकोले जापानबासी आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई सहभागीताका लागी आह्वान समेत गर्नुभयो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago