बेको, एलजी र सीजीका टिभी, फ्रिज, वाशिङ मसिन शून्य प्रतिशत किस्ता बन्दीमा

काठमाडौं । सीजी डिजिटलले नयाँ वर्ष २०२३ को अवसर पारेर आकर्ष किस्ता बन्दीको योजना सार्वजनिक गरेको छ । कम्पनीले शुन्य प्रतिशत किस्ता बन्दीमा एलजी, सीजी र बेको ब्रान्डका टिभी, रेफ्रिजेरेटर, वाशिङ मसिन, एयर कन्डिसनर लगायतका घरेलु उपकरण खरिद गर्न सकिने अफर ल्याएको हो ।

कम्पनीका अनुसार यसका लागि जगदम्बा क्रेडिटसँग साझेदारी गरिएको छ । यो अफर अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा कार्ड बिना र झन्झट रहित किसिमले घरेलु उपकरणहरू खरिद गर्न सक्नेछन् ।

यो सहकार्यले इलेक्ट्रोनिक्स उपभोक्ताका लागि अब नयाँ आयाम ल्याउने लक्ष्य राखिएको छ । यो सहकार्य अन्तर्गत १२ महिने किस्ताबन्दी सुविधा पाउन सकिनेछ । किस्ताबन्दीको लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने बताइएको छ ।

यो सुविधा अन्तर्गत ग्राहकले न्यूनतम अग्रिम लागतमा, शून्य प्रतिशत ब्याजदरमा उच्च गुणस्तरीय इलेक्ट्रोनिक्स उत्पादनहरू खरिद गर्न सक्नेछन् । सीजी डिजिटलमा उपलब्ध तीन ओटै ब्रान्डका घरेलु उपकरणहरू विशेष छुट रकममा नै शून्य प्रतिशत ब्याजदर सहितको किस्ताबन्दी सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो सुविधा उपत्यकाभित्र रहेका सबै सीजी डिजिटल शोरुमहरूमा उपलब्ध हुनेछ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago