स्थापना दिवसमा पत्रकार महासंघ झापाको वेबसाइट सार्वजनिक

बिर्तामोड । नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको सन्दर्भमा झापा शाखाले आफ्नो वेबसाइट सार्वजनिक तथा मर्यादित र व्यवसायिक पत्रकारिताबारे अन्तरक्रिया सम्पन्न भएको छ ।

बिहीबार बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारीले गरेका थिए । प्रमुख अतिथि भण्डारीले डिजिटल प्रविधिबाट महासंघ झापाको वेबसाइट fnjjhapa.org.np लाई सार्वजनिक गरे ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वेबसाइट डिजाइन गर्ने कफि कोडेर्स प्रा.लि. का सञ्चालक सुमन सापकोटाले त्यसका फिचरका बारेमा जानकारी गराएका थिए ।

प्रमुख अतिथि भण्डारीले स्वस्थ, मर्यादित, इमान र निष्ठाको पत्रकारिता हुनुपर्ने बताए । झापाली पत्रकार हुनुमा आफूलाई गर्व महशुस भएको भन्दै भण्डारीले हरेक पत्रकारले इमानलाई प्राथमिकतामा राखेर कही कमजोरी गरेको भए तत्काल सच्चिनुपर्नेमा जोड दिए ।कार्यक्रमका वक्ताहरुले मर्यादित पत्रकारितामा जोड दिएका छन् ।

महासंघ कोशी प्रदेशका कोषाध्यक्ष बुद्धि लामिछाने विमलले मर्यादित पत्रकारिताका लागि पत्रकारले आफ्नो व्यक्तिगत आचरण सुधार्नुपर्नेमा जोड दिए ।

महासंघ झापाका पूर्व अध्यक्ष गोविन्द चन्द छेत्रीले पत्रकारिता मर्यादित र व्यवसायिक बनाउन सबै सरोकारवाला जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा फनिजका नेता दिपीन राई, प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना रोदन, प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, युनियन झापाका कार्यवाहक अध्यक्ष गिरीराज भट्टराई, प्रेस सेन्टरका प्रदेश महासचिव सुजन तिम्सिना, प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियार, समाजवादी प्रेस संगठनका जिल्ला संयोजक अनिलदेव राईले शुभकामना व्यक्त गरेका थिए ।

अतिथि वक्ताले महासंघ झापाले पत्रकारको हितमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

महासंघ झापाकी उपाध्यक्ष सुशिला संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago