नेप्से परिसूचक १५ दशमलब ७० अङ्कले ओरालो

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अङ्कले ओरालो लागेर दुई हजार एक सय ११ दशमलब ६८ मा पुगेको छ।

कूल ७५ लाख ५३ हजार दुई सय ३५ कित्ता शेयर रु दुई अर्ब ८२ करोड ४५ लाख ४० हजार चार सय छ मूल्यमा खरिद बिक्री भयो। आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब ४७ अर्ब २६ करोड ६९ लाख ३९ हजार तीन सय ३४ बराबर रहेको छ।

नेप्सेका अनुसार कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु १९ करोड २० लाख ५४ हजार पाँच सय ८७ बराबरको कारोबार भयो। यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स रु १४ करोड ३७ लाख तीन हजार, गुराँस लाइफ इन्स्योरेन्स रु सात करोड ६७ लाख ७२ हजार तीन सय ८८, एनआइसी एशिया बैंक रु सात करोड १० लाख ८३ हजार चार सय तीन र सूर्योज्योति लाइफ इन्स्योरन्स रु छ करोड ७१ लाख ३५ हजार तीन सय ५६ बराबरको कारोबार भइ शीर्ष पाँचभित्र पर्न सफल भएको छ।

नेप्सेका अनुसार आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लागेको छ। बाराही हाइड्रोपावर सात दशमलब ३७, लुम्बिनी जनरल इन्स्योरेन्स छ दशमलब २०, इस्टर्न हाइड्रोपावर पाँच दशमलब ८६, पिपल्स पावर कम्पनीका लगानीकर्ताले चार दशमलब ६३ प्रतिशतले कमाएका छन्।

यस्तै, प्राइम लाइफ इन्स्योरेन्स पाँच दशमलब २१, मनकामना स्मार्ट लघुवित्त चार दशमलब ९७, गणपति लघुवित्त चार दशमलब ४६, सगरमाथा इन्स्योरेन्स चार दशमलब ३० र नेरुडे लघुवित्तका लगानीकर्ताले चार दशमलब शून्य नौ प्रतिशतले गुमाएका छन्।

 

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago