रवि लामिछानेलाई गृह मन्त्रालय दिन नमिल्ने प्रधानमन्त्रीको अडान

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआइ रवि लामिछानेलाई गृह मन्त्रालय दिन नमिल्ने बताएका छन्। मंगलबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले यस्तो निष्कर्ष सुनाएका हुन्।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध रहेको फैसला सुनाएसँगै उनको सांसद पद खारेज भएको थियो। त्यसलगत्तै उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए। लामिछानेले आइतबार नेपाली नागरिकता पुनःप्राप्त गरेपछि फेरि गृह मन्त्रालय पाउनुपर्ने अडान लिएका छन्। उनले प्रधानमन्त्री प्रचण्डसँग भेटेर गृह मन्त्रालय मागेका छन्। तर प्रधानमन्त्री भने लामिछानेलाई गृह मन्त्रालय नदिने पक्षमा छन्।

सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने लामिछानेलाई गृह मन्त्रालय दिनेबारे लचक छन्। रविले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैले राखेका छन्। प्रधानमन्त्रीसँगको भेटपछि रास्वपा आन्तरिक छलफलमा छ। गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने रास्वपाले चेतावनी दिएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago