रवि लामिछानेलाई गृह मन्त्रालय दिन नमिल्ने प्रधानमन्त्रीको अडान

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआइ रवि लामिछानेलाई गृह मन्त्रालय दिन नमिल्ने बताएका छन्। मंगलबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले यस्तो निष्कर्ष सुनाएका हुन्।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध रहेको फैसला सुनाएसँगै उनको सांसद पद खारेज भएको थियो। त्यसलगत्तै उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए। लामिछानेले आइतबार नेपाली नागरिकता पुनःप्राप्त गरेपछि फेरि गृह मन्त्रालय पाउनुपर्ने अडान लिएका छन्। उनले प्रधानमन्त्री प्रचण्डसँग भेटेर गृह मन्त्रालय मागेका छन्। तर प्रधानमन्त्री भने लामिछानेलाई गृह मन्त्रालय नदिने पक्षमा छन्।

सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने लामिछानेलाई गृह मन्त्रालय दिनेबारे लचक छन्। रविले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैले राखेका छन्। प्रधानमन्त्रीसँगको भेटपछि रास्वपा आन्तरिक छलफलमा छ। गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने रास्वपाले चेतावनी दिएको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago