काठमाडौं- टी-२० विश्वकप छनोट अन्तर्गतको एसिया क्षेत्र छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको प्रभावशाली जित हासिल गरेको छ।
टियू मैदान कीर्तिपुरमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर जित हासिल गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएपछि १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
नेपालको जितमा कुशल भुर्तेलले सानदार अर्धशतकीय इनिङ खेले। उनले ४६ बलमा ८ चौका र २ छक्काको सहयोगमा ७४ रनको इनिङ खेले। त्यसअघि ओपनर आसिफ शेख २७ रनमा आउट भए। कुशलको यो करिअरको ७ औं टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो।
नेपालका लागि कप्तान रोहित पौडेलले २४ बलमा ३५ रन बनाएर अविजित रहे। सिंगापुरका लागि अन्नथा कृष्णा र काश्य पुरीले समान १-१ विकेट लिए।
आठ टोली सहभागी प्रतियोगिताको फाइनल पुग्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपका लागि एसिया क्षेत्रबाट छनोट हुने छ। टियू मैदानमा पहिलो ब्याटिङ गरेको सिंगापुरका लागि रोहन रङ्गराजा सर्वाधिक ४६ रन बनाउँदा मनप्रित सिंहले २४ रन बनाउँदा आर्याभिर चौधरी ३७ रन बनाए।
नेपालका लागि करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २-२ विकेट लिँदा अभिनास बोहराले ३ विकेट लिएका थिए।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…