टी २० विश्वकप छनोट: सिंगापुरविरुद्ध नेपालको जित

काठमाडौं- टी-२० विश्वकप छनोट अन्तर्गतको एसिया क्षेत्र छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको प्रभावशाली जित हासिल गरेको छ।

टियू मैदान कीर्तिपुरमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर जित हासिल गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएपछि १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

नेपालको जितमा कुशल भुर्तेलले सानदार अर्धशतकीय इनिङ खेले। उनले ४६ बलमा ८ चौका र २ छक्काको सहयोगमा ७४ रनको इनिङ खेले। त्यसअघि ओपनर आसिफ शेख २७ रनमा आउट भए। कुशलको यो करिअरको ७ औं टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो।

नेपालका लागि कप्तान रोहित पौडेलले २४ बलमा ३५ रन बनाएर अविजित रहे। सिंगापुरका लागि अन्नथा कृष्णा र काश्य पुरीले समान १-१ विकेट लिए।

आठ टोली सहभागी प्रतियोगिताको फाइनल पुग्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपका लागि एसिया क्षेत्रबाट छनोट हुने छ। टियू मैदानमा पहिलो ब्याटिङ गरेको सिंगापुरका लागि रोहन रङ्गराजा सर्वाधिक ४६ रन बनाउँदा मनप्रित सिंहले २४ रन बनाउँदा आर्याभिर चौधरी ३७ रन बनाए।

नेपालका लागि करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २-२ विकेट लिँदा अभिनास बोहराले ३ विकेट लिएका थिए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago