वीरगञ्ज – गोली लागेर घाइते भएका कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु भएको छ।
उनको उपचारको क्रममा वीरगञ्जस्थित बयोद्धा अस्पतालमा मृत्यु भएको हो। सोमबार दिउँसो करिब एक बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुको समूहले स्वर्णकारमाथि दुई राउण्ड गोली प्रहार गरेको थियो।
उनीमाथि दुई वटा मोटरसाइकलमा आएका चार जनाको अज्ञात समूहले गोली प्रहार गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
गोली प्रहारबाट घाइते भएका स्वर्णकारलाई कलैयामा उपचारपछि थप उपचारको लागि एलएस न्यूरो परवानीपुरमा भर्ना गरिएकोमा बयोद्धा अस्पतालमा ल्याइएको थियो। मिठाइ किनेर कलैया उपमहानगरपालिका–६ स्थित बोर्डिङ स्कुलमा फर्किरहेका उनलाई गोली प्रहार गरिएको थियो।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…