सामसङ र ओप्पो स्मार्टफोनको बिक्रीमा कमी

काठमाडौं । स्मार्टफोनको विश्व बजारमा सामसङ र ओप्पोले आफ्नो बजार हिस्सा गुमाएका छन् । आईडीसीको रिपोर्ट अनुसार २०२३ को तेस्रो त्रैमासिक अवधिमा दुई कम्पनीको स्मार्टफोन बिक्री घटेको हो ।

यद्यपि स्मार्टफोनको बजार हिस्सामा सामसङ अझै शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा एप्पल छ । त्यसपछि मात्र चिनियाँ ब्रान्डले स्थान बनाएका छन् । सामान्यत: नेपाल सहितका एसियाली मुलुक, अफ्रिका लगायतका क्षेत्रमा चिनियाँ स्मार्टफोन ब्रान्डको कब्जा रहँदै आएको छ ।

समग्रमा सन् २०२३ को तेस्रो त्रैमासिक अवधिमा थोरै मात्राले बजारमा स्मार्टफोनको बिक्रीमा गिरावट देखिएको छ । आईडीसी अनुसार उक्त अवधिमा कूल ३० करोड २८ लाख स्मार्टफोन शिपमेन्ट भएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ०.१ प्रतिशतले थोरै हो ।

घट्दो माग, मुद्रा स्फिर्ती, भू-राजनीतिक तनाव आदि कारणले बजारमा गिरावट देखिएको हो । मध्यपूर्व, ल्याटिन अमेरिका र जापान एवम् चीन बाहेकको एसिया प्रशान्त क्षेत्रमा भने स्मार्टफोन शिपमेन्ट बढेको छ । त्यसका साथै हाई-इन्ड फोनको बजार पनि उकासिंदो क्रममा छ ।

त्यसो त बजार हिस्साको मामिलामा सामसङ ब्रान्ड शीर्ष स्थानमा रहेको छ । सामसङको बजार हिस्सा यस वर्षको तेस्रो त्रैमासिक अवधिमा १९.७ प्रतिशत रहेको छ, जुन सबैभन्दा बढी हो । तर गत वर्षको तुलनामा यसमा ८.४ प्रतिशतको गिरावट देखिएको छ ।

यो सूचीमा एप्पल दोस्रो स्थानमा रहेको छ । एप्पलको तेस्रो त्रैमासिक अवधिमा बजार हिस्सा १७.७ प्रतिशत रहेको छ, जुन अहिलेसम्मकै धेरै हो । साथै यसमा गत वर्षको तुलनामा २.५ प्रतिशतको वृद्धि देखिएको छ ।

यस्ता छन् शीर्ष ५ कम्पनी

सामसङ र एप्पलपछि तेस्रो स्थानमा चिनियाँ ब्रान्ड साओमी रहेको छ । साओमीको बजार हिस्सा १३.७ प्रतिशत रहेको छ, जसमा गत वर्षको तुलनामा करिब २.४ प्रतिशतको वृद्धि रहेको छ ।

साथै चौथो स्थानमा रहेको ओप्पोको बजार हिस्सा ८.९ प्रतिशत छ । तर यो कम्पनीको बजार हिस्सा भने गत वर्षको तुलनामा ६.५ प्रतिशतको गिरावट देखिएको छ ।

सूचीको पाँचौं स्थानमा ट्रान्जिसन कम्पनी रहेको छ, जस अन्तर्गत टेक्नो, इनफिनिक्स र आईटेल गरी तीन ओटा अन्य ब्रान्ड रहेका छन् । उक्त कम्पनीको बजार हिस्सा ८.६ प्रतिशत छ । यसले भने गत वर्षको तुलनामा ३५ प्रतिशतको वृद्धि हात पारेको छ ।

अन्य ब्रान्डका स्मार्टफोनको बजार हिस्सा ३१.४ प्रतिशत रहेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा -२.१ प्रतिशतले घटी हो ।

स्मार्टफोनको बजारमा सबैभन्दा ठूलो ६.३ प्रतिशतको गिरावट चीनमा देखिएको छ । त्यसपछि युरोप, जापान र अमेरिकामा क्रमशः ८.६ प्रतिशत, ५.३ प्रतिशत र १.१ प्रतिशतले ओरालो लागेको छ । तर मध्यपूर्वमा १८.१ प्रतिशत, ल्याटिन अमेरिकी देशहरूमा ८.२ प्रतिशत र जापान र चीन बाहेकका एसिया प्रशान्त क्षेत्रका देशहरूमा १.३ प्रतिशतको वृद्धि देखिएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago