पाकिस्तान विरुद्ध नेपालले, १४ रन जोड्दा गुमायो ३ विकेट

काठमाडौं- एसिया कप क्रिकेटमा नेपालले सुरुवातमानै लगालग ३  विकेट गुमाएको छ। पहिलो ओभरमा  सहिन सा अफ्रिदीको बलमा नेपालले ओपनर कुशल भुर्तेल ८ रनमा गुमायो।

लगतै क्रिजमा आएका रोहित पौडेल पनि अफ्रिदीकै बलमा एलबिडब्लुको सिकार भएका थिए। भुर्तैललाई पहिलो ओभरको पाँचौ बलमा  गुमाउँदा रोहितलाई छैटौं बलमा गुमायो।

लगतै अर्को ओभरमा नेपालले दोस्रो ओभरको चौंथो बलमा अर्का ओपनर आसिफ शेखलाई ५ रनमा गुमाउँन पुग्दा नेपाल लगालग विकेट पतनको सिकार भएको हो। नेपालले १४ रन जोड्दा ३ विकेट गुमाएको छ। आसिफलाई  इफ्तिखर अहमेदले सनिम साह द्वारा क्याचआउट गराएका थिए।

भुर्तेलले ४ बल खेलेर २ चौका प्रहार गर्दा कप्तान रोहित भने पहिलो बलमानै आउट भए। अहिले क्रिजमा  आरिफ शेख  र सोमपाल कामी रहेका छन।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले नेपाललाई ३ सय ४३ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ। पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ४२ रन बनाएको थियो।

पाकिस्तानको उच्च स्कोरमा कप्तान बाबर अजाम र इफ्तिखर अहमेदले पाँचौं विकेटका लागि २ सय १४ रनको सानदार साझेदारी सम्भव बनाए। पाकिस्तानको उच्च स्कोरमा नेपालको कमजोर फिल्डीङ पनि महत्वपूर्ण रह्यो। साथै केही महत्वपूर्ण क्याच छुटाउन पुग्दा प्रतिस्पर्धात्मक स्कोरमा रोक्ने अवसरबाट नेपाली खेलाडी चुकेका थिए। एकसमय १ सय २४ रनको अवस्थामा चार विकेट गुमाएर संघर्ष गरेको पाकिस्तानले इफ्तिखरको आगमनसँगै उत्कृष्ट प्रदर्शन गर्‍यो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago