पाकिस्तान विरुद्ध नेपालले, १४ रन जोड्दा गुमायो ३ विकेट

काठमाडौं- एसिया कप क्रिकेटमा नेपालले सुरुवातमानै लगालग ३  विकेट गुमाएको छ। पहिलो ओभरमा  सहिन सा अफ्रिदीको बलमा नेपालले ओपनर कुशल भुर्तेल ८ रनमा गुमायो।

लगतै क्रिजमा आएका रोहित पौडेल पनि अफ्रिदीकै बलमा एलबिडब्लुको सिकार भएका थिए। भुर्तैललाई पहिलो ओभरको पाँचौ बलमा  गुमाउँदा रोहितलाई छैटौं बलमा गुमायो।

लगतै अर्को ओभरमा नेपालले दोस्रो ओभरको चौंथो बलमा अर्का ओपनर आसिफ शेखलाई ५ रनमा गुमाउँन पुग्दा नेपाल लगालग विकेट पतनको सिकार भएको हो। नेपालले १४ रन जोड्दा ३ विकेट गुमाएको छ। आसिफलाई  इफ्तिखर अहमेदले सनिम साह द्वारा क्याचआउट गराएका थिए।

भुर्तेलले ४ बल खेलेर २ चौका प्रहार गर्दा कप्तान रोहित भने पहिलो बलमानै आउट भए। अहिले क्रिजमा  आरिफ शेख  र सोमपाल कामी रहेका छन।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले नेपाललाई ३ सय ४३ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ। पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ४२ रन बनाएको थियो।

पाकिस्तानको उच्च स्कोरमा कप्तान बाबर अजाम र इफ्तिखर अहमेदले पाँचौं विकेटका लागि २ सय १४ रनको सानदार साझेदारी सम्भव बनाए। पाकिस्तानको उच्च स्कोरमा नेपालको कमजोर फिल्डीङ पनि महत्वपूर्ण रह्यो। साथै केही महत्वपूर्ण क्याच छुटाउन पुग्दा प्रतिस्पर्धात्मक स्कोरमा रोक्ने अवसरबाट नेपाली खेलाडी चुकेका थिए। एकसमय १ सय २४ रनको अवस्थामा चार विकेट गुमाएर संघर्ष गरेको पाकिस्तानले इफ्तिखरको आगमनसँगै उत्कृष्ट प्रदर्शन गर्‍यो।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago