रास्वपाको कान्तो क्षेत्रीय समितिको गठन ।

जापान । जापानको कान्तो क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको शनिवार भएको एक भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग जापानको कान्तो क्षेत्रीय समितिको गठन गरेको छ।

सामाजिक अभियन्ता तथा युवा व्यवसायी प्रेमप्रसाद कँडेलको अध्यक्षतामा गठन गरिएको सो समितिको उपाध्यक्षमा सुशीला भट्ट, महामन्त्रीमा कमल बजगाई, सह-महामन्त्रीमा शिशिर सूरखेती, कोषाध्यक्षमा विशाल वि.के. र सह-कोषाध्यक्षमा राजु भण्डारी रहेका छन् । सो समितिको सदस्यहरूमा सदीप शर्मा, कुमार लामा, दीपक सुवेदी, विशाल क्षेत्री, सुनोद अधिकारी, सन्जय थापा, चुडामणि कार्की, टेकबहादुर क्षेत्री, अमृत आचार्य, निशान अधिकारी, पदम अधिकारी, टेनिस पुन, सुनिल सापकोटा, अनिलकुमार किशान र मोना पाण्डेलाई चयन गरिएको छ । 


प्रवास नेपाली सम्पर्क विभाग-जापानको सभापति दिलेन्द्रप्रसाद जोशीको अध्यक्षतामा भएको सो भेलाको प्रमुख अतिथिमा प्रवास नेपाली सम्पर्क विभाग-नेपालका उप-संयोजक केशवअधिकारी रहेका थिए । पार्टीले उठान गरेका विषय र एजेण्डाहरू विश्वभर छरिएर रहेका नेपालीहरूको भरलाग्दो पार्टीका रूपमा रास्वपा छोटो समयमा नै स्थापित भएकोले आफूहरूपनि समाहित भएको स्पष्ट पार्दै अध्यक्ष कँडेलले अब सबै नेपाली नागरिकहरूले जहाँ रहेपनि देशमा सुशासन स्थापना र आमूल परिवर्तन लागि मन परिवर्तन गर्नु आवश्यक रहेको दावी गरे । “यसका लागि सबैभन्दा उत्तम विकल्प भनेको अब रास्वपामा सहभागी भएर अग्रगामी सोंचसहित बृहत्तर हीतमा लाग्नु नै एकमात्र विकल्प हो”, उनले भने ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago