झम्सीखेलमा कला संस्कृति झल्किने गरी ‘रामबाग महल’ खुल्यो

काठमाडौं । ललितपुरको झम्सीखेलमा हस्पिटालिटी सेवाका लागि ‘रामबाग महल’ सञ्चालनमा आएको छ । यो ३२ हजार स्क्वायर वर्गफिटमा फैलिएको छ । आकर्षक इन्टेरियर डिजाइनमा यो महल तयार गरिएको छ । यसअघि विभिन्न पार्टी प्यालेस तथा ब्यांक्वेट निर्माण र व्यवस्थापन गर्दै आएका अनुभवी सञ्चालकहरूले नै यसलाई सञ्चालनमा ल्याएका हुन् ।

पाँचतारे होटलमा भन्दापनि अब्बल इन्टेरियर सामग्री प्रयोग गरेर यो निर्माण गरिएको सञ्चालक तथा व्यवस्थापक ऋषभ थापाले बताए । कला संस्कृति झल्किनेगरी रामबाग निर्माण गरिएको छ ।

‘लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवम् विविध भेराइटीका खानाका कारण रामबागले दिने सर्भिस कुनै पाँचतारे होटलभन्दा कम छैन’ थापाले भने । रामबाग भिजिट गर्ने जोकोही पनि यसको सजावट र भव्यता देखेर मत्रमुग्ध हुने गरेको उनी बताउँछन्

ब्यांक्वेट भन्नेबित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ । तर, रामबागले गोष्ठी, सेमिनार, विभिन्न किसिमका तालिम तथा इभेन्टहरूका लागि पनि सेवा उपलब्ध गराउँछ । करिब दुई हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्यांक्वेट तयार गरिएको रामबागकी निर्देशक हेलन राणाले बताइन् । पर्याप्त पार्किङ सुविधा भएको राममबाग महललाई ब्यांक्वेटको क्षेत्रमा ‘बेञ्चमार्क’ बनाउने गरी यसको व्यवस्थापन गरिने निर्देशक राणाको भनाइ छ ।

आकर्षक बार, इनडोर तथा आउटडोर स्टेज, भीआईपी डिनर हल, कमन डिनर हल, प्राइभेट डिनर हललगायत सुविधा यहाँ छन् । ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीन खालको खानाको मेनु तय गरिएको छ ।

आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ । विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज सुविधा ब्यांक्वेटमा उपलब्ध छ । रामबागमा सेट गरिएको लाइटिङ सिस्टम तथा वालमा प्रयोग गरिएको कलाले यसलाई आकर्षक देखाएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago