झम्सीखेलमा कला संस्कृति झल्किने गरी ‘रामबाग महल’ खुल्यो

काठमाडौं । ललितपुरको झम्सीखेलमा हस्पिटालिटी सेवाका लागि ‘रामबाग महल’ सञ्चालनमा आएको छ । यो ३२ हजार स्क्वायर वर्गफिटमा फैलिएको छ । आकर्षक इन्टेरियर डिजाइनमा यो महल तयार गरिएको छ । यसअघि विभिन्न पार्टी प्यालेस तथा ब्यांक्वेट निर्माण र व्यवस्थापन गर्दै आएका अनुभवी सञ्चालकहरूले नै यसलाई सञ्चालनमा ल्याएका हुन् ।

पाँचतारे होटलमा भन्दापनि अब्बल इन्टेरियर सामग्री प्रयोग गरेर यो निर्माण गरिएको सञ्चालक तथा व्यवस्थापक ऋषभ थापाले बताए । कला संस्कृति झल्किनेगरी रामबाग निर्माण गरिएको छ ।

‘लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवम् विविध भेराइटीका खानाका कारण रामबागले दिने सर्भिस कुनै पाँचतारे होटलभन्दा कम छैन’ थापाले भने । रामबाग भिजिट गर्ने जोकोही पनि यसको सजावट र भव्यता देखेर मत्रमुग्ध हुने गरेको उनी बताउँछन्

ब्यांक्वेट भन्नेबित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ । तर, रामबागले गोष्ठी, सेमिनार, विभिन्न किसिमका तालिम तथा इभेन्टहरूका लागि पनि सेवा उपलब्ध गराउँछ । करिब दुई हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्यांक्वेट तयार गरिएको रामबागकी निर्देशक हेलन राणाले बताइन् । पर्याप्त पार्किङ सुविधा भएको राममबाग महललाई ब्यांक्वेटको क्षेत्रमा ‘बेञ्चमार्क’ बनाउने गरी यसको व्यवस्थापन गरिने निर्देशक राणाको भनाइ छ ।

आकर्षक बार, इनडोर तथा आउटडोर स्टेज, भीआईपी डिनर हल, कमन डिनर हल, प्राइभेट डिनर हललगायत सुविधा यहाँ छन् । ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीन खालको खानाको मेनु तय गरिएको छ ।

आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ । विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज सुविधा ब्यांक्वेटमा उपलब्ध छ । रामबागमा सेट गरिएको लाइटिङ सिस्टम तथा वालमा प्रयोग गरिएको कलाले यसलाई आकर्षक देखाएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago