पोखराको फोहोर आइतबारदेखि उठाइन्छ : प्रवक्ता मोती तिम्सिना

पोखरा । स्थानीयको अवरोधका कारण ४ दिनदेखि उठाउन रोकिएको पोखरा महानगरको फोहोर आइतबारदेखि उठ्ने महानगरले जनाएको छ । महानगरले शनिबार एक भिडियो विज्ञप्ति जारी गरी सकेसम्म शनिबार साँझ, नभए आइतबारबाट फोहोर उठाउने जानकारी दिएका हुन् ।

‘स्थानीयसँग हाम्रो छलफल भइरहेको छ । उहाँहरुका २, ३ वटा इस्यु छन् । ती विषयलाई गम्भीर रुपमा लिएर हामीले काम गरिरहेका छौं’, महानगरबाट जारी भिडियो विज्ञप्तिमार्फत प्रवक्ता मोती तिम्सिनाले भनेका छन्, ‘सकेसम्म आज बेलुका नै नभए भोलिसम्म फोहोर व्यवस्थापन हुने सम्पूर्ण नगरवासीलाई जानकारी गराउन चाहन्छु ।’

महानगरले आफूहरुसँग गरेको सहमति ६ महिना बितिसक्दासमेत कार्यान्वयन नगरेको भन्दै स्थानीयले अवरोध गरेपछि पोखराको फोहोर ४ दिनदेखि उठ्न नसकेको हो । स्थानीयले बुधबारदेखि फोहोर बोकेका गाडी चल्न रोक लगाएका हुन् । पोखरा महानगरले पोखरा ३२, लामेआहालमा भएको अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ ।

पोखरा महानगर सरसफाइ शाखाका अनुसार महानगरले दैनिक २ सय टन फोहोर व्यवस्थापन गर्दै आएको थियो । ४ दिनदेखि सडकमै फोहोर थुप्रिँदा दुर्गन्ध फैलिएको छ । महानगरले जारी गरेको भिडियो विज्ञप्तिमा प्रवक्ता तिम्सिनाले सडकमा फोहोर फ्याँकेर कतिपयले असभ्य व्यवहार देखाएकोसमेत बताएका छन् । ‘मुख्य बजार क्षेत्रका भित्री सडकहरूबाट चोक चोकमा फोहोर फ्याँक्ने काम भइरहेकाले त्यसको सूक्ष्म निगरानी भइरहेको छ’, उनले भने ।

महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो । तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो । ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण विमान दुर्घटनाको जोखिम हुनसक्ने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago