कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिता सुरु

पाल्पा । तानसेनमा कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन भएको छ । उद्घाटन खेलमा पाल्पा–११ र रूपन्देहीको लिस्नु क्लबबीच प्रतिस्पर्धा भैरहेको छ । आयोजक पाल्पा फुटबल संघ (एन्फा) ले गरेको ‘ड्र’ अनुसार उद्घाटन खेलमा समूह ‘ए’ रहेका पाल्पा र रूपन्देही बिचको खेल यतिबेला भैरहेको छ ।

तानसेन टुँडिखेलमा आज बाट भएको प्रतियोगितामा सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पाल्पा र लिस्नुसहित फोर ब्रदर्स नवलपरासी (पश्चिम), रोड्स रामपुर एफसी चितवन, गार्डेन फुटबल क्लब पोखरा, वीर गोर्खाली लखनउ भारत छन् । समूह ‘बी’ मा रूपन्देही–११, २८ विघा युथ क्लब नवलपरासी (पूर्व), होराइजन फुटबल क्लब स्याङजा, स्वयम्भू युथ क्लब काठमाडौं, विष्णुपादुका युथ क्लब पोखरा र दी फेमस महिन्द्र दल गण पाल्पा छन् ।

समूह ‘ए’ मा रोड्स रामपुर र गार्डेन पोखराबीचको विजेताले वीर गोर्खालीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । पाल्पा र लिस्नुको बिजेताले फोर ब्रदर्ससँग खेल्नेछ । फाइनल जेठ २७ मा हुनेछ ।

विजेताले ३ लाख र दोस्रोले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीर राणाले बताए । म्यान अफ द म्याचले ३ हजार पाउनेछन् । विधागत उत्कृष्टले जनही ६ हजार पाउनेछन् ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago