पाल्पा । तानसेनमा कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन भएको छ । उद्घाटन खेलमा पाल्पा–११ र रूपन्देहीको लिस्नु क्लबबीच प्रतिस्पर्धा भैरहेको छ । आयोजक पाल्पा फुटबल संघ (एन्फा) ले गरेको ‘ड्र’ अनुसार उद्घाटन खेलमा समूह ‘ए’ रहेका पाल्पा र रूपन्देही बिचको खेल यतिबेला भैरहेको छ ।
तानसेन टुँडिखेलमा आज बाट भएको प्रतियोगितामा सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पाल्पा र लिस्नुसहित फोर ब्रदर्स नवलपरासी (पश्चिम), रोड्स रामपुर एफसी चितवन, गार्डेन फुटबल क्लब पोखरा, वीर गोर्खाली लखनउ भारत छन् । समूह ‘बी’ मा रूपन्देही–११, २८ विघा युथ क्लब नवलपरासी (पूर्व), होराइजन फुटबल क्लब स्याङजा, स्वयम्भू युथ क्लब काठमाडौं, विष्णुपादुका युथ क्लब पोखरा र दी फेमस महिन्द्र दल गण पाल्पा छन् ।
समूह ‘ए’ मा रोड्स रामपुर र गार्डेन पोखराबीचको विजेताले वीर गोर्खालीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । पाल्पा र लिस्नुको बिजेताले फोर ब्रदर्ससँग खेल्नेछ । फाइनल जेठ २७ मा हुनेछ ।
विजेताले ३ लाख र दोस्रोले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीर राणाले बताए । म्यान अफ द म्याचले ३ हजार पाउनेछन् । विधागत उत्कृष्टले जनही ६ हजार पाउनेछन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…