काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी-२’को नयाँ गीत सार्वजनिक भएको छ । ‘परदेशी छुकछुके रेलैमा’ बोलको झ्याउरे भाकाको गीतमा प्रकाश सपुत, केकी अधिकारी र प्रशान्त तामाङलाई चित्रण गरिएको छ ।
गीतमा निर्देशक रायमाझीसँगै तेजेन्द्र गुरुङ, टीका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ । शब्द पनि निर्देशक रायमाझी स्वयंमले कोरेका हुन् । उनीसँगै प्रेमदेव गिरीले यसमा संगीत दिएका छन् ।
राजेश वंशलको निर्माण रहेको फिल्ममा वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ । चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् ।
नृत्य निर्देशन रामजी लामिछानेको छ । नेपाली विरलै देख्न पाइने झ्याउरे गीतमार्फत निर्देशकले दर्शकलाई नयाँ स्वाद दिने प्रयास गरेका छन् । दशैं छेको पारेर असोजको २६ गते फिल्म रिलिज हुँदैछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…