गायिका समीक्षा अधिकारीले झुटो खबर फैलाएकोमा चार फेसबुक पेजविरुद्ध दिइन् उजुरी

काठमाडौं- गायिका समीक्षा अधिकारीले चार फेसबुक पेजविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।

उनले आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै उजुरी दिएकी हुन्। गायिका अधिकारीले ‘अष्ट्रेलियाले कालोसूचीमा’ राखेको भन्ने खबर झुटो भएकाे भन्दै उजुरी दिएकी हुन्।

उनले जिल्ला प्रहरी कार्यालय, कास्कीको साइबर ब्युरोमा उजुरी दिएकी हुन्। उनले लेखेकी छन्, ‘मलाई अस्ट्रेलियाले ब्ल्याक लिस्टमा राखेको’ भन्ने झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवादस्वरूप केही सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छु।’

तीज कार्यक्रममा लागि अस्ट्रेलिया जान लागेकी गायिका समीक्षा अधिकारीको भिसा अस्ट्रेलिया सरकारले रद्द गरिदिएको थियाे।

भिसा रद्द भएपछि सामाजिक सञ्जालमार्फत् समीक्षाले आफूलाई अस्ट्रेलियन सरकारले ब्ल्याक लिष्टमा राखेको नभई कागजात नपुगेका कारण रद्द गरिएको जानकारीसमेत दिएकी थिइन्।

 

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago