झापाका सहकारीका संचालक र कर्मचारीमाथि लगातार आक्रमण , प्रशासनसंग सुरक्षा माग

झापा। झापाका सहकारी संस्थामाथि आक्रमण गर्ने क्रम बढ्दो छ । विभिन्न व्यक्ति तथा समूहले सहकारीका संचालक र कर्मचारीमाथि लगातार आक्रमणको प्रयास गर्न थालेका हुन् ।

गत चैत १९ गते दमक ६ स्थित नवरंग बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि सामूहिक आक्रमण भएको थियो भने भने केही दिनअघि बिर्तामोडस्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि पनि त्यसरी नै आक्रमण भएको थियो ।

त्यसबाहेक अरु पनि घटना छन् । सहकारी संस्थाहरुमाथि आक्रमण भइरहेको मौखिक जानकारी आएको झापा जिल्ला सहकारी संघले जनाएको छ ।

यसरी लगातार आक्रमण हुन थालेपछि सहकारीका संचालकहरु असुरक्षित भएका छन् । उनीहरुले वित्तीय क्षेत्रमाथि भइरहेको भौतिक आक्रमण एवम् दुव्र्यवहारबाट व्यवसायमा नकारात्मक असर परेको भन्दै सुरक्षाको माग गरेका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई आइतवार झापा जिल्ला सहकारी संघले सुरक्षाको प्रत्याभूति पाउँ भन्दै निवेदन पेस गरेको हो ।

झापा जिल्ला सहकारी संघले अध्यक्ष गणेश ढकालको संयोजकत्वमा गठन गरेको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले जिल्ला प्रशासन कार्यालय गएर प्रजिअ पोखरेललाई उक्त निवेदन दिएको हो ।

कार्यदलको आइतवार बसेको बैठकको निर्णय अनुसार जिल्लाका सहकारी संघ–संस्था र लघुवित्त सेवा प्रदायक संघ–संस्थामाथि विभिन्न अराजक व्यक्ति तथा समूहले भौतिक आक्रमण गर्ने, कर्मचारीहरुलाई हातपात गर्ने, कार्यकक्ष तोडफोड गर्ने गराउनेजस्ता क्रियाकलाप गर्ने गरेकाले त्यस्ता व्यक्ति तथा समूहलाई पक्राउ गरी कानूनी कारबाही गरी सहकारी संघ–संस्थाको पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गरिएको छ ।

साथै राष्ट्रिय सहकारी महासंघको प्राप्त पत्रानुसार सहकारी समस्या समाधान सहजीकरण कार्यदलद्वारा तयार पारिएको १३ बुँदे मागपत्र जिल्ला प्रशासन कार्यालय झापामार्फत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीलाई पेश गरिएको छ ।

प्रजिअलाई निवेदन बुझाउन जिल्ला संघका अध्यक्ष ढकालसहित वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल, जिल्ला बचत संघका उपाध्यक्ष विपी भट्टराईलगायत सहकारी अभियन्ताहरु जिल्ला प्रशासन कार्यालय गएका थिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago