झापाका सहकारीका संचालक र कर्मचारीमाथि लगातार आक्रमण , प्रशासनसंग सुरक्षा माग

झापा। झापाका सहकारी संस्थामाथि आक्रमण गर्ने क्रम बढ्दो छ । विभिन्न व्यक्ति तथा समूहले सहकारीका संचालक र कर्मचारीमाथि लगातार आक्रमणको प्रयास गर्न थालेका हुन् ।

गत चैत १९ गते दमक ६ स्थित नवरंग बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि सामूहिक आक्रमण भएको थियो भने भने केही दिनअघि बिर्तामोडस्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि पनि त्यसरी नै आक्रमण भएको थियो ।

त्यसबाहेक अरु पनि घटना छन् । सहकारी संस्थाहरुमाथि आक्रमण भइरहेको मौखिक जानकारी आएको झापा जिल्ला सहकारी संघले जनाएको छ ।

यसरी लगातार आक्रमण हुन थालेपछि सहकारीका संचालकहरु असुरक्षित भएका छन् । उनीहरुले वित्तीय क्षेत्रमाथि भइरहेको भौतिक आक्रमण एवम् दुव्र्यवहारबाट व्यवसायमा नकारात्मक असर परेको भन्दै सुरक्षाको माग गरेका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई आइतवार झापा जिल्ला सहकारी संघले सुरक्षाको प्रत्याभूति पाउँ भन्दै निवेदन पेस गरेको हो ।

झापा जिल्ला सहकारी संघले अध्यक्ष गणेश ढकालको संयोजकत्वमा गठन गरेको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले जिल्ला प्रशासन कार्यालय गएर प्रजिअ पोखरेललाई उक्त निवेदन दिएको हो ।

कार्यदलको आइतवार बसेको बैठकको निर्णय अनुसार जिल्लाका सहकारी संघ–संस्था र लघुवित्त सेवा प्रदायक संघ–संस्थामाथि विभिन्न अराजक व्यक्ति तथा समूहले भौतिक आक्रमण गर्ने, कर्मचारीहरुलाई हातपात गर्ने, कार्यकक्ष तोडफोड गर्ने गराउनेजस्ता क्रियाकलाप गर्ने गरेकाले त्यस्ता व्यक्ति तथा समूहलाई पक्राउ गरी कानूनी कारबाही गरी सहकारी संघ–संस्थाको पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गरिएको छ ।

साथै राष्ट्रिय सहकारी महासंघको प्राप्त पत्रानुसार सहकारी समस्या समाधान सहजीकरण कार्यदलद्वारा तयार पारिएको १३ बुँदे मागपत्र जिल्ला प्रशासन कार्यालय झापामार्फत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीलाई पेश गरिएको छ ।

प्रजिअलाई निवेदन बुझाउन जिल्ला संघका अध्यक्ष ढकालसहित वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल, जिल्ला बचत संघका उपाध्यक्ष विपी भट्टराईलगायत सहकारी अभियन्ताहरु जिल्ला प्रशासन कार्यालय गएका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago