वेदान्त सम्मेलन : वेदले मानिसलाई कहिल्यै नमर्ने अमर ज्ञान दिन्छ 

वेदले मानिसलाई कहिल्यै नमर्ने अमर ज्ञान दिन्छ 

पाल्पा । पाल्पामा वेदान्त सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ पाल्पाको आयोजनामा नेपाल देशीय वेदान्त सम्मेलन २०८० सन्चालन भएको हो । वेदान्त सम्मेलनका प्रमुख अतिथि १००८ स्वामी स्वरुपानन्द सरस्वती ज्युले वेद भनेको के हो ? वेदले जिवनलाई कस्तो बाटो देखाउछ ? के खोज्नका लागि विदेशि धर्म गुरुहरु नेपाल आउछन भन्ने वारे वैदिक व्याख्या अनुसार विश्लेषण गर्दे भन्नू भयो “वेदले मानिसलाई कहिल्यै नमर्ने अमर ज्ञान दिन्छ वेदको ज्ञानले मान्छेलाई कहिल्यै मृत्यु नहुने वाटो देखाउदछ” । हामी भन्छौ मान्छे मर्छ यदि मान्छे साच्चिकै मर्छ भने मान्छे मरे पछि मरेका मान्छेलाई पिन्डदान किन गर्छौ ? यदि मान्छे मर्छ भने पापि मान्छेलाई यमराजका दुतले पिड्दा किन चिच्याई चिच्याई कराउछ भन्थेहोला ? त्यसैले वेदले भन्न खोजेको कुरा हाम्रो आत्म अमर छ, अनित्य छ, अखन्ड छ, अजातियछ त्यसैले जीव र ब्रह्म को एकता गर्ने शात्र नै वेद हो । मानिसले वेदान्तवाट आफुलाई चिन्दा न त्यो मान्छे ब्राह्मण हो नक्षेत्री, नवैस्य, नशुद्र केवल मान्छे सनातनी आत्म हो । आत्म सधै अमर रहन्छ र त्यो न कहिल्यै जन्मिन्छ न त कहिल्यै मर्दछ अत: आफुले म को हुँ भनेर चिन्नु नै वेदको मुल ज्ञानहो । हामी पटक-पटक गुरुहरु लगाएर वेदको केवल व्याख्या मात्र गर्यौ तर यहि वेदमा टेकेर पश्चिमी देशहरुले विज्ञान द्वारा ठोस वस्तुको प्रयोग  गरेर प्रमाणित गराइसके । त्यसैले आफ्नो आत्मलाई चिन्यौ र त्यहि परमात्म छ भन्ने जान्यौ भने मान्छे सधै सुखि र खुसी रहन सक्नेछ भन्ने वेदको मुल आसय रहेको कुरा वताउनु भयो ।

विश्वहिन्दु महासंघ प्राज्ञिक समितिका संयोजक भिमलाल भट्टराईले वेदान्त सम्मेलनको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । भट्टराई द्वारा प्रस्तुत कार्यपत्रको बारेमा डा. शंकर प्रसाद गैरेले टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रममा पशुपति क्षेत्र विकाश समितिका सल्लाकार धर्मराज वराल, वय‍ोवृद्ध टिकाराम वस्याल, रेवन्त वहादुर विष्ट, विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य तिर्थ गौतम, महासंघ पाल्पाका वरिष्ट उपाध्यक्ष दिनेश गन्धर्व, लगायतले  वोल्नु भएको थियो । कार्यक्रम विश्वहिन्दु महासंघ पाल्पा शाखाका अध्यक्ष कमल पौडेलको अध्यक्षता, उपाध्यक्ष सरस्वती वस्यालको स्वागत र सचिव तुलसी गैरेको संचालनमा तानसेन त्रिभुवन वहुमुखि क्याम्पसको शभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा करिव ३ सय ५० भन्दा धेरै ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago