वेदान्त सम्मेलन : वेदले मानिसलाई कहिल्यै नमर्ने अमर ज्ञान दिन्छ 

वेदले मानिसलाई कहिल्यै नमर्ने अमर ज्ञान दिन्छ 

पाल्पा । पाल्पामा वेदान्त सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ पाल्पाको आयोजनामा नेपाल देशीय वेदान्त सम्मेलन २०८० सन्चालन भएको हो । वेदान्त सम्मेलनका प्रमुख अतिथि १००८ स्वामी स्वरुपानन्द सरस्वती ज्युले वेद भनेको के हो ? वेदले जिवनलाई कस्तो बाटो देखाउछ ? के खोज्नका लागि विदेशि धर्म गुरुहरु नेपाल आउछन भन्ने वारे वैदिक व्याख्या अनुसार विश्लेषण गर्दे भन्नू भयो “वेदले मानिसलाई कहिल्यै नमर्ने अमर ज्ञान दिन्छ वेदको ज्ञानले मान्छेलाई कहिल्यै मृत्यु नहुने वाटो देखाउदछ” । हामी भन्छौ मान्छे मर्छ यदि मान्छे साच्चिकै मर्छ भने मान्छे मरे पछि मरेका मान्छेलाई पिन्डदान किन गर्छौ ? यदि मान्छे मर्छ भने पापि मान्छेलाई यमराजका दुतले पिड्दा किन चिच्याई चिच्याई कराउछ भन्थेहोला ? त्यसैले वेदले भन्न खोजेको कुरा हाम्रो आत्म अमर छ, अनित्य छ, अखन्ड छ, अजातियछ त्यसैले जीव र ब्रह्म को एकता गर्ने शात्र नै वेद हो । मानिसले वेदान्तवाट आफुलाई चिन्दा न त्यो मान्छे ब्राह्मण हो नक्षेत्री, नवैस्य, नशुद्र केवल मान्छे सनातनी आत्म हो । आत्म सधै अमर रहन्छ र त्यो न कहिल्यै जन्मिन्छ न त कहिल्यै मर्दछ अत: आफुले म को हुँ भनेर चिन्नु नै वेदको मुल ज्ञानहो । हामी पटक-पटक गुरुहरु लगाएर वेदको केवल व्याख्या मात्र गर्यौ तर यहि वेदमा टेकेर पश्चिमी देशहरुले विज्ञान द्वारा ठोस वस्तुको प्रयोग  गरेर प्रमाणित गराइसके । त्यसैले आफ्नो आत्मलाई चिन्यौ र त्यहि परमात्म छ भन्ने जान्यौ भने मान्छे सधै सुखि र खुसी रहन सक्नेछ भन्ने वेदको मुल आसय रहेको कुरा वताउनु भयो ।

विश्वहिन्दु महासंघ प्राज्ञिक समितिका संयोजक भिमलाल भट्टराईले वेदान्त सम्मेलनको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । भट्टराई द्वारा प्रस्तुत कार्यपत्रको बारेमा डा. शंकर प्रसाद गैरेले टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रममा पशुपति क्षेत्र विकाश समितिका सल्लाकार धर्मराज वराल, वय‍ोवृद्ध टिकाराम वस्याल, रेवन्त वहादुर विष्ट, विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य तिर्थ गौतम, महासंघ पाल्पाका वरिष्ट उपाध्यक्ष दिनेश गन्धर्व, लगायतले  वोल्नु भएको थियो । कार्यक्रम विश्वहिन्दु महासंघ पाल्पा शाखाका अध्यक्ष कमल पौडेलको अध्यक्षता, उपाध्यक्ष सरस्वती वस्यालको स्वागत र सचिव तुलसी गैरेको संचालनमा तानसेन त्रिभुवन वहुमुखि क्याम्पसको शभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा करिव ३ सय ५० भन्दा धेरै ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago