बिर्तामोड । बिर्तामोड उघोग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षमा अर्जुन कुमार मैनालीलाई उम्मेदवारको रुपमा घोषणा गरिएको छ । मैनाली संघका वर्तमान महासचिव हुन् ।
नेपाल उधोग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले आज बृहत बिस्तारित भेलाको आयोजना गरेर अध्यक्षको उम्मेदवार घोषणा गरेको हो । मैनालीलाई नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले वाणिज्य संघकाे अध्यक्षकाे उम्मेदवार घोषणा गरेका हुन् ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको हो । अध्यक्षका उम्मेदवार मैनालीले ब्यवसायीको हितमा काम गरेर वाणिज्य संघप्रती बिश्वासको वातावरण बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । संघको निर्वाचन फागुन १४ गते हुने भएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…