यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को टिम यतीबेला प्रचार प्रसारका लागि देश दौडाहामा हिडेको छ । फिल्मका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित फिल्मको टिमले मंगलबार बुटवलमा पत्रकारहरुसँग साक्षात्कार गरेको छ ।
चलचित्र पत्रकार संघ रुपन्देहीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा फिल्मका मूख्य कलाकार अभिनेता प्रकाश सपूतले ‘परदेशी २’ आफू अभिनित पहिलो फिल्म भएका कारण एकदमै उत्साहित रहेको बताए ।
आगामी दिनमा आफ्नै कथामा फिल्म निमार्ण गर्ने योजनामा रहेको उनले सुनाए। प्रकाशको यो डेब्यु चलचित्र हो । त्यस्तै अभिनेत्री केकी अधिकारीले ‘परदेशी २’ को कथा सबै नेपालीको कथा भएको बताइन् ।
मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ ले पूरा गरिदिएको उनले सुनाइन्। निर्देशक नारायण रायमाझीले फिल्मले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेकोे बताए । संसार घुमेपनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने ‘परदेशी २’को मूख्य सार रहेको उनले सुनाए ।
‘परदेशी २’ले सेन्सर बोर्डबाट प्रदर्शन अनुमतिसमेत प्राप्त गरिसकेको उनले जानकारी दिए ।फिल्मको टिमले मंगलबार नै बुटवलका बिभिन्न कलेजहरुमा पुगेर ड्रामा प्रस्तुत गर्दै विद्यार्थीहरुसँग पनि साक्षात्कार गरेको थियो । युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन्।
राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।फिल्मलाई मानकृष्ण महर्जनले छायांकन गरेका हुन्।
बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।‘परदेशी २’को टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ ।
बडादशैँ २०८० को अवसर पारेर यही असोज २६ गतेबाट चलचित्र ‘परदेशी २’ प्रदर्शनमा आउनेछ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…