काठमाडौँ- नेपाली कांग्रेसको एक सातासम्म चलेको केन्द्रीय समिति बैठकपछि धन्यवाद दिने क्रममा सभापति शेरबहादुर देउवाले बैठकका क्रममा सोचेभन्दा कमआलोचना भएको भन्दै केन्द्रीय सदस्यहरुलाई धन्यवाद दिएका छन्।
उनले आफूले धेरै आलोचना होला भन्ने चाहेको तर कम आलोचना भएको भन्दै केन्द्रीय सदस्यहरुलाई धन्यवाद दिएका हुन्। उनले कांग्रेस बैठक धेरै लाइभ्ली भएको र एकसेएक नेताहरु रहेको पुष्टि भएको पनि बताए।
‘म त धेरै आलोचना होला भनेको कम भयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘कांग्रेसमा सबै एकसे एक साथीहरु हुनुहुन्छ । लाइभ पनि देखायौँ, दुनियाँले हेरे । कांग्रेसमा कोही भन्दा कोही कम छैन,’ उनले भने।
सभापति देउवाले आगामी असोज २ गतेका लागि कांग्रेसको अर्को केन्द्रीय समिति बैठक बोलाएका छन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…