बिर्तामोडका १२ वटा संस्थागत विद्यालयलाई ७ दिने म्यादसहितको अन्तिम सूचना

झापा। छात्रवृत्तिको विवरण नबुझाउने बिर्तामोडका १२ वटा संस्थागत विद्यालयलाई नगरपालिकाले कार्वाही गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाले बुधवार सूचना प्रकाशन गरी सात दिनभित्र अनिवार्य विद्यालय व्यवस्थापन समितिको निर्णयसहित छात्रवृत्ति वितरण गरेको विवरण पेश गर्न निर्देशन दिँदै सो समयावधिभित्र पेश नगरेमा नियमानुसार जरिवाना, अनुमति रद्द लगायतका कारवाही हुने चेतावनी दिएको छ ।

बिर्तामोड नगरपालिकामा ५८ वटा संस्थागत विद्यालय छन् । तीमध्ये ४६ वटाले छात्रबृत्ति वितरणको विवरण बुझाएको र बाँकी १२ वटाले नबुझाएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरपालिकाले असार ८ र १५ गते गरी दुईपटक छात्रवृत्तिको विवरण बुझाउन सूचना जारी गरेको थियो । त्यसलाई अटेर गरेपछि बुधवार कार्वाहीको चेतावनीसहितको सूचना नगरपालिकाले प्रकाशित गरेको हो । सात दिने म्याद सकिएपछि नगरपालिका कार्वाहीको प्रक्रियामा जाने निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए ।

‘हामीले ७ दिने म्यादसहितको अन्तिम सूचना निकालेका छौं ’ निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका भण्डारीले भने,‘त्यसपछि जरिवानासहित दर्ता खारेजको प्रक्रिया अघि बढ्नेछ ।’ नगरका विद्यालयहरुलाई बारम्बार भन्दै आएपनि अटेर गरेर कतिपय विद्यालयहरुले अझै पनि छात्रवृत्ति विवरण नबुझाएको नगर प्याव्सनका अध्यक्ष उत्तम खनालले बताए ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago