बिर्तामोडका १२ वटा संस्थागत विद्यालयलाई ७ दिने म्यादसहितको अन्तिम सूचना

झापा। छात्रवृत्तिको विवरण नबुझाउने बिर्तामोडका १२ वटा संस्थागत विद्यालयलाई नगरपालिकाले कार्वाही गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाले बुधवार सूचना प्रकाशन गरी सात दिनभित्र अनिवार्य विद्यालय व्यवस्थापन समितिको निर्णयसहित छात्रवृत्ति वितरण गरेको विवरण पेश गर्न निर्देशन दिँदै सो समयावधिभित्र पेश नगरेमा नियमानुसार जरिवाना, अनुमति रद्द लगायतका कारवाही हुने चेतावनी दिएको छ ।

बिर्तामोड नगरपालिकामा ५८ वटा संस्थागत विद्यालय छन् । तीमध्ये ४६ वटाले छात्रबृत्ति वितरणको विवरण बुझाएको र बाँकी १२ वटाले नबुझाएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरपालिकाले असार ८ र १५ गते गरी दुईपटक छात्रवृत्तिको विवरण बुझाउन सूचना जारी गरेको थियो । त्यसलाई अटेर गरेपछि बुधवार कार्वाहीको चेतावनीसहितको सूचना नगरपालिकाले प्रकाशित गरेको हो । सात दिने म्याद सकिएपछि नगरपालिका कार्वाहीको प्रक्रियामा जाने निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए ।

‘हामीले ७ दिने म्यादसहितको अन्तिम सूचना निकालेका छौं ’ निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका भण्डारीले भने,‘त्यसपछि जरिवानासहित दर्ता खारेजको प्रक्रिया अघि बढ्नेछ ।’ नगरका विद्यालयहरुलाई बारम्बार भन्दै आएपनि अटेर गरेर कतिपय विद्यालयहरुले अझै पनि छात्रवृत्ति विवरण नबुझाएको नगर प्याव्सनका अध्यक्ष उत्तम खनालले बताए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago