बिर्तामोडमा सुर्तिजन्य पदार्थ विक्री वितरण पुर्णरुपमा रोक लगाईने नीति

झापा । बिर्तामोड नगरपालिकाले सुर्तिजन्य पदार्थ चुरोट,खैनी, गुट्का आदीको विक्री वितरण गर्न नपाउने नीति लिएको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोड नगर क्षेत्रभित्र सुर्तिजन्य पदार्थ विक्री वितरणमा पुर्णरुपमा रोक लगाईने नीति लिएको बताउनु भयो ।

नीति तथा कार्यक्रममा नगर अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा संचालन गरिनुका साथै डायलाइसिस सेवा सुचारु गरिने, नगर भित्रका अति बिपन्न परिवारलाई छनौट गरी निशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिईने, सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न नगरमा स्थायी बसोबास भएका विद्यार्थीलाई पहिलो प्राथमिकता कम्तीमा ८० प्रतिशत सिट सुरक्षित हुने गरी भर्ना गराउने नीति लिइएको उल्लेख गरिएको छ ।
कार्यक्रममा कन्काई विर्ता अर्जुन नवीकरणीय उर्जा कम्पनीलाई ३ वटा नगरपालिकाको स्वामित्वमा लिई नगरपालिकाहरुको आपसी सहमतीबाट फोहोरमैलाको व्यवस्थापन गरिने, श्रोतमा नै फोहोरको वर्गिकरण गर्ने कार्यलाई अभियानको रुपमा लैजाने र कुहिने फोहोरबाट पुर्णरुपमा बायोग्याँस, जैविक मल तथा नकुहिने फोहोरबाट पेर्वस उत्पादन कार्य गरिने उल्लेख गरिएको छ ।

यस्तै अस्पताल, कारखाना र औद्योगिक फोहोर सम्बन्धीत उद्योगहरुले नै व्यवस्थापन गर्ने, नगर क्षेत्र भित्रका खोला र पैनीको जमिनको साँध सिमाना नक्सांकन गर्ने र नगर क्षेत्रको ऐलानी जमिनको नापजाँच गरी क्षेत्रफल एकिन गरिने उल्लेख गरिएको छ ।

नगरपालिकालाई प्रदुषणमुक्त पूर्ण सरसफाइयुक्त हरित नगर निर्माण गर्नका लागि सार्वजनिक खाली ठाउँमा वृक्षारोपण गरिने र हरेक घरधनीले आफ्नो घर अगाडि २ वटा बिरुवाहरु रोप्न प्रोत्साहित गरिने नीति अवलम्वन गरिने पनि नगर प्रमुख प्रसाईले प्रस्तुत गर्नु भयो ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago