काठमाडौँ –‘कोभिड संकटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचार’भन्ने माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्ति संघीय संसदको रेकर्डबाट हटाइएको छ।
शनिबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेलेले सांसद दाहालले दिएको सो अभिव्यक्तिसहितको शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।
गत जेठ १० गते सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथि आरोप लगाउँदै सो अभिव्यक्ति दिएको भन्दै एमालेले शुक्रबार संसद बैठक अवरुद्ध पारेको थियो।
सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरु मिति २०८० जेठ १० गते आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेक्रममा माननीय सदस्य श्री लेखनाथ दाहालले प्रयोग गर्नु भएको विचारहरु भित्र स्वास्थ्य सामग्रीको २ अर्वको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु भन्ने शब्द संसदको अभिलेखबाट हटाउन म संसद सचिवालयलाई निर्देशन गर्दछु।’
एमालेले सांसद दाहालको सो अभिव्यक्तिबारे सरकारले जवाफ नदिएसम्म संसद बैठक सुचारु हुन नदिने अडान लिँदै आएको थियो।
शनिबार प्रधानमन्त्री दाहालले सांसद दाहालको सो अभिव्यक्ति उचित नभएको बताएपछि एमालेले संसद बैठक सुचारु हुन दिएको हो।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…