पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको व्यवस्थामा कुरा धेरै र काम कम भएको बताए

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको व्यवस्थामा कुरा धेरै र काम कम भएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन्।

विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास हुनुपर्नेमा अहिलेको व्यवस्थामा जनताले चाहेजस्तो सार्थक नभएको उनको भनाइ थियो।

‘विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो,’ पूर्वराजा शाहले भनेका छन्, ‘तर, दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र? हामी जहाँ जहाँ जान्छौँ, जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौँ, त्यसबाट थाहा पाउँछौँ– आज कुरा धेरै काम थोरै भएको छ। देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो।’

जनताले खोजेको र सोचेकोजस्तो नहुँदा त्यस्तो पद्धति केही समय विकाउ भए पनि टिकाउ नहुने पूर्वराजा शाहले बताए। उनले भने,’जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेकोअनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ , टिकाउको हुँदैन।’

अरुको अगाडि लम्पसार भएर बाँच्नु नेपालीको अपमान भएको उनको भनाइ छ। उनले भनेका छन्,’हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हामीलाई हाम्रै भेषभूषा सुकिलो लाग्छ।

अनि हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ। आफ्नो पहिचान – हाम्रो शान हो– आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो, त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो। हामी जहाँ–जहाँ पुग्छौँ, त्यहाँ–त्यहाँ नेपालीहरुको यस्तै–यस्तै आवाज सुन्छौँ।’

उनले आफ्नो गौरव र गरिमा फिर्ता ल्याउन सोच्नुपर्ने बेला आएको बताए। ‘अब कसरी जाने , के कस्तो विधि व्यवस्था अंगाल्ने र हाम्रो गौरव गरिमालाई पुनः ताजा रुपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने बेला आएको छ।

अब सोचौं के गर्दा देशको राम्रो हुन्छ– अब सोचौं के नगर्दा देशलाई फाइदा हुन्छ। राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ। नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ,’ उनले भनेका छन्।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago