पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको व्यवस्थामा कुरा धेरै र काम कम भएको बताए

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको व्यवस्थामा कुरा धेरै र काम कम भएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन्।

विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास हुनुपर्नेमा अहिलेको व्यवस्थामा जनताले चाहेजस्तो सार्थक नभएको उनको भनाइ थियो।

‘विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो,’ पूर्वराजा शाहले भनेका छन्, ‘तर, दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र? हामी जहाँ जहाँ जान्छौँ, जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौँ, त्यसबाट थाहा पाउँछौँ– आज कुरा धेरै काम थोरै भएको छ। देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो।’

जनताले खोजेको र सोचेकोजस्तो नहुँदा त्यस्तो पद्धति केही समय विकाउ भए पनि टिकाउ नहुने पूर्वराजा शाहले बताए। उनले भने,’जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेकोअनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ , टिकाउको हुँदैन।’

अरुको अगाडि लम्पसार भएर बाँच्नु नेपालीको अपमान भएको उनको भनाइ छ। उनले भनेका छन्,’हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हामीलाई हाम्रै भेषभूषा सुकिलो लाग्छ।

अनि हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ। आफ्नो पहिचान – हाम्रो शान हो– आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो, त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो। हामी जहाँ–जहाँ पुग्छौँ, त्यहाँ–त्यहाँ नेपालीहरुको यस्तै–यस्तै आवाज सुन्छौँ।’

उनले आफ्नो गौरव र गरिमा फिर्ता ल्याउन सोच्नुपर्ने बेला आएको बताए। ‘अब कसरी जाने , के कस्तो विधि व्यवस्था अंगाल्ने र हाम्रो गौरव गरिमालाई पुनः ताजा रुपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने बेला आएको छ।

अब सोचौं के गर्दा देशको राम्रो हुन्छ– अब सोचौं के नगर्दा देशलाई फाइदा हुन्छ। राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ। नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ,’ उनले भनेका छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago