नेपाली पाठयक्रम अनुसार पठनपाठन गर्ने उदेश्यले दुईवर्ष अघि टोकियोमा स्थापित हिमालयन ईन्टरनेशनल एकाडेमीले माध्यामिक तहसम्मको अनुमति पाएको छ।
यसैसाता नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिमालयन एकाडेमीलाई माध्यामिक तह कक्षा १२ सम्मको अध्यापन अनुमति प्रदान गरेको एकाडेमीले जनाएको छ। एकाडेमीका व्यवस्थापन समितिका अध्यक्ष राजन रिजालका अनुसार दुईवर्ष अघिबाट अनुमतिका लागि गरिएको प्रकृया पुरा भएको जानकारी दिनुभयो। विदेशमा रहेका नेपाली बालवालिकाहरूमा नेपाली भाषा तथा नेपाली शिक्षा प्रदान गर्ने उदेश्यले स्थापित स्कुललाइ शैक्षिक मापदण्ड सहित अनुमति प्रदान गरेको अध्यक्ष रिजालले जानकारी दिनुभयो।
हाल किण्डरगार्डेन विषेश कक्षा सहित स्कुलले यसै शैक्षिकसत्रबाट छ कक्षासम्म पठनपाठन संचालन गरेको छ। टोकियोको एदोगावा शहरको कोईवा स्टेशन नजिकै स्थापित स्कुलले यसै शैक्षिक सत्रबाट आफनै नयाँ भवनमा पठनपाठन सुरु गरिसकिएको जनाएको छ।
जापानमा विभिन्न पेसा व्यवसायमा संलग्न नेपालीहरुले स्थापना गरेको स्कुललाई मन्त्रालयको अनुमति पछि संचालन तथा व्यवस्थापनको थप अनुगमन टोकियो स्थित नेपाली राजदूतावासले समेत गर्नेछ।
स्कुलमा हाल १५० बढी नेपाली तथा विदेशी विद्यार्थीहरु अध्ययनरत छन।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…