काठमाडौँ: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताए । उनले जता हेर्यो त्यतै भ्रष्टाचार भएको देखिने भन्दै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्ने जिकिर गरे ।
नेता कोइरालाका अनुसार राज्यले नै दण्डहीनतालाई बढाउने प्रयास गरिराखेको छ । उनले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धूमिल बनाएको बताए ।
उनले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रूपमा चलाउने विश्वास पनि व्यक्त गरे ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…