बिर्तामोड खानेपानीको निर्वाचनमा बागी उम्मेदवारी दिने कार्वाहीमा

बिर्तामोड। बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा बागी उम्मेदवारी दिने तीनजनालाई नेपाली कांग्रेस झापाले कारवाहीको सिफारिस गरेको छ ।

पार्टी नीतिबिपरित निर्वाचनमा कांग्रेस क्रियाशील सदस्य देबेन्द्र सिटौलाले अध्यक्षमा, प्रदेश क सहसचिव केशवकुमार श्रेष्ठले कोषाध्यक्षमा र क्रियाशील सदस्य बलराम सिटौला (राम)ले सदस्यमा उम्मेद्वारी दिएका छन् । पार्टीका सभापति देउकुमार थेवेले एक विज्ञप्ति जारी गर्दै तीनैजनालाई नेपाली कांग्रेस बिर्तामोड नगर समिति र नेपाली कांग्रेस क्षेत्र नं २, प्रदेश क समितिको सिफारिस अनुसार केन्द्रमा कारवाहीका लागि पठाएको जनाएका छन् ।

उनले यही जेठ १५ गते हुने निर्वाचनमा लोकतान्त्रिक राष्ट्रवादी प्यानलका आधिकारिक उम्मेद्वारलाई अत्यधिक मत दिई विजयी गराउन आग्रह गरेका छन् ।

पार्टीका सभापति थेवेले अध्यक्षमा मेघराज बास्तोला, उपाध्यक्षमा शैलेस सिटौला, सचिवमा पारसमणि मैनाली र कोषाध्यक्षमा शारदा रिजाल प्यानलका आधिकारिक उम्मेद्वार रहेको उल्लेख गरेका छन् । यसैगरी खुल्ला सदस्यमा आनन्द गुरुङ, खगेन्द्रकुमार थापा र महिला सदस्यमा कमला अग्रवाल, बालादेवी खरेल, मायादेवी प्रधान आधिकारिक उम्मेद्वार रहेको विज्ञप्तिमा उल्लेख छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago