बिर्तामोड खानेपानीको निर्वाचनमा बागी उम्मेदवारी दिने कार्वाहीमा

बिर्तामोड। बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा बागी उम्मेदवारी दिने तीनजनालाई नेपाली कांग्रेस झापाले कारवाहीको सिफारिस गरेको छ ।

पार्टी नीतिबिपरित निर्वाचनमा कांग्रेस क्रियाशील सदस्य देबेन्द्र सिटौलाले अध्यक्षमा, प्रदेश क सहसचिव केशवकुमार श्रेष्ठले कोषाध्यक्षमा र क्रियाशील सदस्य बलराम सिटौला (राम)ले सदस्यमा उम्मेद्वारी दिएका छन् । पार्टीका सभापति देउकुमार थेवेले एक विज्ञप्ति जारी गर्दै तीनैजनालाई नेपाली कांग्रेस बिर्तामोड नगर समिति र नेपाली कांग्रेस क्षेत्र नं २, प्रदेश क समितिको सिफारिस अनुसार केन्द्रमा कारवाहीका लागि पठाएको जनाएका छन् ।

उनले यही जेठ १५ गते हुने निर्वाचनमा लोकतान्त्रिक राष्ट्रवादी प्यानलका आधिकारिक उम्मेद्वारलाई अत्यधिक मत दिई विजयी गराउन आग्रह गरेका छन् ।

पार्टीका सभापति थेवेले अध्यक्षमा मेघराज बास्तोला, उपाध्यक्षमा शैलेस सिटौला, सचिवमा पारसमणि मैनाली र कोषाध्यक्षमा शारदा रिजाल प्यानलका आधिकारिक उम्मेद्वार रहेको उल्लेख गरेका छन् । यसैगरी खुल्ला सदस्यमा आनन्द गुरुङ, खगेन्द्रकुमार थापा र महिला सदस्यमा कमला अग्रवाल, बालादेवी खरेल, मायादेवी प्रधान आधिकारिक उम्मेद्वार रहेको विज्ञप्तिमा उल्लेख छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago