चौतर्फी विरोधपछि कोशी प्रदेशका सदस्यले ल्यापटप नलिने

झापा। कोशी प्रदेशका प्रदेशसभा सदस्यलाई ल्यापटप वितरण गर्ने टेण्डर चौतर्फी विरोध भएपछि प्रदेशसभा सचिवालयले खारेज गरेको छ ।

मुलुक आर्थिक संकटमा रहेको बेला प्रदेश सरकारले रकमान्तर गरेर पैसा दिएपछि प्रदेशसभा सदस्यलाई डेढ करोड रुपैयाँ बराबरको ल्यापटप वितरण गर्न प्रदेशसभा सचिवालयले टेण्डर आह्वान गरेको थियो ।

उक्त विषयको समाचार सार्वजनिक भएलगत्तै नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको संसदीय दलले उक्त निर्णय खारेज गर्न माग गर्दै ल्यापटप नलिने घोषणा गरेका थिए ।नागरिक तहबाट पनि उक्त निर्णयको विरोध भएपछि नेकपा एमालेको संसदीय दलले पनि ल्यापटप खरिद गर्ने निर्णय फिर्ता लिन प्रदेशसभा सचिवालयलाई आग्रह गरेको थियो । प्रमुख दल र सांसदहरुले नै विरोध गर्दै ल्यापटप नलिने घोषणा गरेपछि ल्यापटप खरिद गर्ने निर्णयबाट प्रदेशसभा सचिवालय पछि हटेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रकमान्तर गरेर १ करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि गत साता प्रदेशसभा सचिवालयले सय वटा ल्यापटप खरिदका लागि टेण्डर आह्वान गरेको थियो ।

सांसदका लागि खरिदको प्रक्रिया अघि बढाएको ल्यापटप सांसदले नै नलिने बताएपछि खरिद प्रक्रिया रद्ध गरिएको पराजुलीको भनाइ छ । प्रदेशसभाका ९३ जना सदस्य र ७ वटा संसदीय समितिका सचिवलाई उपलब्ध गराउन भन्दै करिब सवा लाख मूल्य प्रतिगोटा पर्ने ल्यापटप खरिद गर्ने योजना प्रदेशसभा सचिवालयले अगाडि बढाएको थियो ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago