काठमाडौँ– जबरजस्ती करणी अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’मा रहेको छ।
आइतबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा लामिछानेले विदेशमा क्रिकेट खेल्नका लागि दिएको निवेदन र उनलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशविरुद्धको निवेदनमाथि एकसाथ पेशी तोकिएको थियो।
दुवै निवेदनमाथि एक साथ सुनुवाइ भए पनि आइतबार नसकिएको सर्वोच्च प्रशासनले जानकारी दियो। आइतबार ‘हेर्दाहेर्दै’ राखिएको निवेदनमाथि सोमबार सुनुवाइ जारी रहने सन्दिपका वकिल मुराहरि सापकोटाले जानकारी दिए। दुवै निवेदनमाथिको सुनुवाइ बन्द इजलासमा गरिएको छ। शुक्रवारको सुनवाइ खुला इजलासमा गरिएको थियो। आइतबार सन्दीप पक्षका वकिलहरूले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्नुपर्ने माग गरेका थिए। सोही अनुसार बन्द इजलासमा सुनुवाइ गरिएको हो।
महान्यायाधिवक्ताको कार्यलयले पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेशविरुद्ध अदालतमा गएको हो। बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालतले उक्त आदेश गरेको थियो।
पाटन उच्च अदालतले सन्दीपलाई विदेश जान पनि रोक लगाएको थियो। लामिछाने उच्चले दिएको विदेश जान रोक लगाउने आदेश विरुद्ध सर्वोच्च गएका हुन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…