सन्दिप लामिछानेको निवेदन ‘हेर्दाहेर्दै’

काठमाडौँ– जबरजस्ती करणी अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’मा रहेको छ।

आइतबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा लामिछानेले विदेशमा क्रिकेट खेल्नका लागि दिएको निवेदन र उनलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशविरुद्धको निवेदनमाथि एकसाथ पेशी तोकिएको थियो।

दुवै निवेदनमाथि एक साथ सुनुवाइ भए पनि आइतबार नसकिएको सर्वोच्च प्रशासनले जानकारी दियो। आइतबार ‘हेर्दाहेर्दै’ राखिएको निवेदनमाथि सोमबार सुनुवाइ जारी रहने सन्दिपका वकिल मुराहरि सापकोटाले जानकारी दिए। दुवै निवेदनमाथिको सुनुवाइ बन्द इजलासमा गरिएको छ। शुक्रवारको सुनवाइ खुला इजलासमा गरिएको थियो। आइतबार सन्दीप पक्षका वकिलहरूले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्नुपर्ने माग गरेका थिए। सोही अनुसार बन्द इजलासमा सुनुवाइ गरिएको हो।

महान्यायाधिवक्ताको कार्यलयले पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेशविरुद्ध अदालतमा गएको हो। बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालतले उक्त आदेश गरेको थियो।

पाटन उच्च अदालतले सन्दीपलाई विदेश जान पनि रोक लगाएको थियो। लामिछाने उच्चले दिएको विदेश जान रोक लगाउने आदेश विरुद्ध सर्वोच्च गएका हुन्।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago