जेनेभा जान विमानस्थलतिर हिँड्न लागेकी परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीले रोकिदिए भ्रमण

२०७९, १४ फाल्गुन आईतवार २०:३८

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम समयमा परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिदिएका छन्।

परराष्ट्रमन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार ६ बजेको फ्लाइटमा जेनेभा जान तयार रहेका बेला प्रधानमन्त्रीको आदेशमा उनलाई नजान भन्दै फोन आएको थियो। प्रधानमन्त्रीको आदेशमा मुख्यसचिवले कुनै कारण नखुलाई उनलाई जेनेभा नजान भनेका थिए।

आइतबार बिहानमात्र पत्रकार सम्मेलन गरेर मन्त्री पौड्यालले आफू जेनेभा जान लागेको जानकारी सञ्चारकर्मीहरुलाई गराएका थिए।

६ बजेको फ्लाइटमा जेनेभा जान लागेकी मन्त्री पौड्यालको भ्रमण रद्दको जानकारी उनलाई करिब साढै तीनबजेमात्र आएको थियो। मन्त्री पौड्याल एमालेका तर्फबाट मन्त्री बनेकी हुन्।

Comments

ताजा खबर