प्रधानमन्त्रीको स्वीकारोक्तिः सीमा विवाद समाधानका लागि बंगलादेश मोडलबारे छलफल

२०८०, २० जेष्ठ शनिबार २१:३३

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको सीमा समस्या समाधानका लागि बंगलादेश मोडलमा जान सकिनेबारे छलफल भएको स्वीकार गरेका छन्।

आफ्नो चारदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले भारतले नेपाललाई बंगलादेशसम्म जाने बाटो दिएको खण्डमा कालापानी भारतलाई छोड्न सकिनेबारे कुराकानी भएको बताएका हुन्।

उनले भने, ‘सीमाका बारे विभिन्न विकल्पमा छलफल भयो। बंगलादेश मोडलको कुरा पनि भयो। बंगलादेश जाने बाटो पनि एउटा विकल्प हो भन्ने कुरा भएको हो। जुन कुरा विज्ञले पनि भन्दै आएका हुन्।’

साथै उनले भारतको संसद्‌मा नेपाली भूमिसमेटेर भारतीय नक्सा राखिएको विषयमा पनि आफूले कुरा गरेको बताए।

उनले भने, ‘नक्साको कुरा पनि मैले राख्न पर्ने ठाउँमा राखेँ। उहाँहरुले त्यो एउटा साँस्कृतिक नक्सा हो, राजनीतिक होइन भन्नु भो। त्यति भनेपछि धेरै कुरा भएन।’

Comments

ताजा खबर