प्रधानमन्त्री पुष्पकमल दाहाल इटली प्रस्थान

२०८०, ६ श्रावण शनिबार २२:२५

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली प्रस्थान गरेका छन्। शनिबार साँझ उनी त्यसतर्फ गएका हुन्।

इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल आज त्यसतर्फ गएका हुन्।

भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत सहभागी छन्।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रसंघको कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री दाहालले इटालीमा रहेका नेपाली समुदायसँग अन्तर्क्रिरया गर्नेछन्। प्रधानमन्त्री दाहाल साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ।

Comments

ताजा खबर