बाह्रबिसे सिन्धुपाल्चोकमा कलाकार जयनन्द लामाको सालिक स्थापना

काठमाडौँ – अभिनेता तथा गायक जयनन्द लामाको स्मृतिमा सिन्धुपाल्चोकको बाह्रबिसेमा सालिक स्थापना गरिएको छ। जयनन्द लामा स्मृति कोषले १२ फिट अग्लो सालिकलाई आठ लाख रुपैयाँ खर्चमा निर्माण गरेको हो।

कलाकार भैरवबहादुर थापा र बागमती प्रदेशकी सदस्य मसिना खड्काले सालिक अनावरण गरेका हुन्। उक्त अवसरमा बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङ पनि उपस्थित थिए।

कोषका सदस्य प्रेम दोङले सालिक वरपर संग्रहालय र कम्पाउन्ड बनाउने तयारीसहित २५ लाख बराबरको योजना बनाइरहेको बताए। नगरपालिकाको ४ लाख, नुवाकोटको ककनी गाउँपालिकाको १ लाख र स्थानीय गाउँले मिलेर बाँकी रकम जुटाएका थिए।

लामा अभिनित अन्तिम फिल्म ‘ए साथी सुन’ चैत १० गते प्रदर्शनको तयारीमा छ। गत वर्ष फागुन ११ गते उनी भक्तपुरको मध्यपुरथिमि–१ स्थित निवासको गेटअघि उनी मृत भेटिएका थिए। नृत्यकारबाट कलाकारिता सुरु गरेका उनले ३० को दशकमा ‘मनको बाँध’बाट फिल्ममा अभिनय यात्रा थालेका थिए। पहिलो क्यासेट एल्बम निकाल्ने गायकसमेत जयनन्द नै थिए। उनले दुई सय बढी गीत गाएका छन्।

पहिलो तामाङ भाषाको फिल्म ‘छोमरी छोरङान’को लेखन तथा निर्देशनसमेत जयनन्दले गरेका थिए। उनका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’, ‘मुलाको चाना’ जस्ता थुप्रै लोकगीत अहिले पनि चर्चित छन्। उनले गायन रियालिटी शो ‘नेपाल लोक स्टार’मा निर्णायकको भूमिकासमेत निर्वाह गरेका थिए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago