हिन्दुधर्मकाे पक्षमा खुलेर लाग्न उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनकाे आग्रह

बुटवल – उपप्रधान एवम् ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले हिन्दुधर्मका पक्षमा खुलेर लाग्न धर्मगुरुहरूलाई आग्रह गरेका छन्।

रुपन्देहीमा जगद्गुरुपीठ निर्माणको लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ समापनका अवसरमा मन्त्री लिङ्देनले धार्मिक कार्यक्रमहरूले धार्मिक पर्यटनमा वृद्धि गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए।

उपप्रधानमन्त्री लिङ्देनले नेपालमा धर्मगुरुहरू हिन्दु धर्मको पक्षमा खुलेर बोल्न डराएको अवस्थामा पनि आफू अडिग भएर हिन्दुधर्मको पक्षमा लागेको बताए। साथै, उनले यस्ता हिन्दुत्व सम्बन्धि कार्यक्रम तथा धार्मिक कार्यक्रमहरूले आफूलाई आनन्द दिने गरेको बताए।

कार्यक्रमका मूख्य वाचक बालसन्त मोहन शरण देवाचार्य महाराजले संसदबाट नै हिन्दुधर्मको पक्षमा बोल्न मन्त्री लिङ्देनलाई आग्रह गरे।

उनले हिन्दुराज्यमा अन्य धर्मका नेपालीहरू पनि सुरक्षित महसुस गरेको बताउँदै ती सबैको चाहना पनि नेपाल हिन्दु राज्य नै हुनुपर्ने जिकिर गरे।

ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा रहेको नवदुर्गा मन्दिरलाई बालसन्त मोहन शरण देवाचार्यले चौँथो शक्तिपीठको रूपमा स्थापना गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक विष्णु रायमाझीले बताए।

सुनसरीको चतराधाममा विसं.२०५९ सालमा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, साँस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले भैरहवामा जगदगुरु दक्षिणपीठको स्थापना गर्न लागेको रायमाझीको भनाइ छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago