हिन्दुधर्मकाे पक्षमा खुलेर लाग्न उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनकाे आग्रह

बुटवल – उपप्रधान एवम् ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले हिन्दुधर्मका पक्षमा खुलेर लाग्न धर्मगुरुहरूलाई आग्रह गरेका छन्।

रुपन्देहीमा जगद्गुरुपीठ निर्माणको लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ समापनका अवसरमा मन्त्री लिङ्देनले धार्मिक कार्यक्रमहरूले धार्मिक पर्यटनमा वृद्धि गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए।

उपप्रधानमन्त्री लिङ्देनले नेपालमा धर्मगुरुहरू हिन्दु धर्मको पक्षमा खुलेर बोल्न डराएको अवस्थामा पनि आफू अडिग भएर हिन्दुधर्मको पक्षमा लागेको बताए। साथै, उनले यस्ता हिन्दुत्व सम्बन्धि कार्यक्रम तथा धार्मिक कार्यक्रमहरूले आफूलाई आनन्द दिने गरेको बताए।

कार्यक्रमका मूख्य वाचक बालसन्त मोहन शरण देवाचार्य महाराजले संसदबाट नै हिन्दुधर्मको पक्षमा बोल्न मन्त्री लिङ्देनलाई आग्रह गरे।

उनले हिन्दुराज्यमा अन्य धर्मका नेपालीहरू पनि सुरक्षित महसुस गरेको बताउँदै ती सबैको चाहना पनि नेपाल हिन्दु राज्य नै हुनुपर्ने जिकिर गरे।

ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा रहेको नवदुर्गा मन्दिरलाई बालसन्त मोहन शरण देवाचार्यले चौँथो शक्तिपीठको रूपमा स्थापना गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक विष्णु रायमाझीले बताए।

सुनसरीको चतराधाममा विसं.२०५९ सालमा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, साँस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले भैरहवामा जगदगुरु दक्षिणपीठको स्थापना गर्न लागेको रायमाझीको भनाइ छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago