पहिलो पटक देखाइयो ह्वाइट कार्ड, के हाे ह्वाइट कार्ड?

फुटबलमा पंहेलो कार्ड र रातो कार्डबारेमा त सबैलाई जानकारी छ। तर पोर्चुगलको महिला लिग फुटबलमा रेफ्रीले आफ्नो गोजीबाट पहिलो पटक विश्व फुटबलमा नयाँ प्रयोग गर्दै ह्वाइट कार्ड देखाएका छन्।

सेतो कार्ड पोर्चुगिज क्लब बेन्फिका र स्पोर्टिङ लिस्बनबीचको महिला कपको क्वाटरफाइनल खेलमा देखाइएको हो। हाफ टाइमभन्दा ठिक अघि बेन्फिका ३-० ले अघि रहेको थियो। त्यही समयमा रेफ्रीले ह्वाइट कार्ड देखाउने निर्णय गरेका थिए।

कार्ड निकाल्नासाथ स्टेडियममा उपस्थित दर्शकले रेफ्रीका लागि ताली पड्काएर सम्मान गरेका थिए।

के हो व्ह्वाइट कार्डको मतलब?

पोर्चुगलले नेसनल प्लान फर इथिक्स एन्ड स्पोर्टस् (पिएनइडी) ले एक नयाँ योजना अघि सारेको छ। यसको अर्थ ह्वाइट कार्ड फेयर प्लेका लागि दिइन्छ।

पोर्चुगलको फुटबल फेडेरेसनले पायलट प्रोजेक्टको सुरु गरेको हो। जब दुई टिम आपसमा खेल भावनाका साथ खेल्नेछन् तब रेफ्रीले ह्वाइट कार्ड देखाउन सक्ने छन्।

किन पर्‍याे ह्वाइट कार्डको जरुरी?

बेन्फिका र स्पोर्टिङ लिस्बनको बीच भएको खेलको दौरान उपस्थित एक समर्थक बिमारी भएर बेहोस भएका थिए। स्थिति सम्हाल्नका लागि दुवै तर्फका मेडिकल टिम समर्थक भएको ठाउँमा पुगेका थिए।

मेडिकलको तारिफमा रेफ्रीले सेतो कार्ड देखाएका हुन्। जसले ठूलो मात्रामा समर्थकको मन जित्न सफल रह्यो। उक्त खेलमा बेन्फिकाले ५-० को जित निकाल्यो।उनीहरूले समर्थकलाई त्यही मेडिकल ट्रिटमेन्ट दिएका थिए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago