पहिलो पटक देखाइयो ह्वाइट कार्ड, के हाे ह्वाइट कार्ड?

फुटबलमा पंहेलो कार्ड र रातो कार्डबारेमा त सबैलाई जानकारी छ। तर पोर्चुगलको महिला लिग फुटबलमा रेफ्रीले आफ्नो गोजीबाट पहिलो पटक विश्व फुटबलमा नयाँ प्रयोग गर्दै ह्वाइट कार्ड देखाएका छन्।

सेतो कार्ड पोर्चुगिज क्लब बेन्फिका र स्पोर्टिङ लिस्बनबीचको महिला कपको क्वाटरफाइनल खेलमा देखाइएको हो। हाफ टाइमभन्दा ठिक अघि बेन्फिका ३-० ले अघि रहेको थियो। त्यही समयमा रेफ्रीले ह्वाइट कार्ड देखाउने निर्णय गरेका थिए।

कार्ड निकाल्नासाथ स्टेडियममा उपस्थित दर्शकले रेफ्रीका लागि ताली पड्काएर सम्मान गरेका थिए।

के हो व्ह्वाइट कार्डको मतलब?

पोर्चुगलले नेसनल प्लान फर इथिक्स एन्ड स्पोर्टस् (पिएनइडी) ले एक नयाँ योजना अघि सारेको छ। यसको अर्थ ह्वाइट कार्ड फेयर प्लेका लागि दिइन्छ।

पोर्चुगलको फुटबल फेडेरेसनले पायलट प्रोजेक्टको सुरु गरेको हो। जब दुई टिम आपसमा खेल भावनाका साथ खेल्नेछन् तब रेफ्रीले ह्वाइट कार्ड देखाउन सक्ने छन्।

किन पर्‍याे ह्वाइट कार्डको जरुरी?

बेन्फिका र स्पोर्टिङ लिस्बनको बीच भएको खेलको दौरान उपस्थित एक समर्थक बिमारी भएर बेहोस भएका थिए। स्थिति सम्हाल्नका लागि दुवै तर्फका मेडिकल टिम समर्थक भएको ठाउँमा पुगेका थिए।

मेडिकलको तारिफमा रेफ्रीले सेतो कार्ड देखाएका हुन्। जसले ठूलो मात्रामा समर्थकको मन जित्न सफल रह्यो। उक्त खेलमा बेन्फिकाले ५-० को जित निकाल्यो।उनीहरूले समर्थकलाई त्यही मेडिकल ट्रिटमेन्ट दिएका थिए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago