झापामा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण

बिर्तामोड । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नुभएको छ ।
पूर्वराजा शाहले शनिबार दिउँसो झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो।

सालिक अनावरणका लागि पूर्णराजा शाह शुक्रबार नै झापा आइपुग्नु भएको थियो । आज (शनिबार) मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको -र्यालीका साथमा स्कर्टिङ गरेर पूर्णराजा शाहलाई बिर्तामोडसम्म ल्याइएको थियो ।

शाहको स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए । पूर्वराजा शाहले सालिक अनावरण कार्यक्रममा सम्बोधन भने गर्नु भएन ।समर्थकहरुले राजा आउ देश बचाउ भन्दै नाराबाजी गरेका थिए  । पूर्वराजासंगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन पनि सहभागि थिए ।

पूर्वराजा शाहले करिब १ घण्टाको समय कलेजका विद्यार्थीहरुले देखाएको नृत्य हेरेर विताउनु भयो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago