स्वास्थ्य बीमा बोर्डकाे सूचिवाट हटे पाल्पाका दुइ ठुला अस्पताल

पाल्पा ८ भादाै । स्वास्थ्य बीमा बोर्डले पाल्पाका दुई अस्पताललाई बीमा सूचि बाट हटाएको छ । लुम्बिनी मेडिकल कलेज र यूनाईटेड मिसन अस्पताललाई बीमा सूचि बाट हटाएको हाे । स्वास्थ्य बीमा बोर्डले पाल्पाका दुई अस्पतालसहित देशभरका २६ अस्पताललाई सेवा प्रदायक संस्थाको सूचिबाट हटाएको सूचना प्रकाशन गरेकाे छ ।

स्वास्थ्य बीमा बोर्ड संग विभिन्न विभिन्न मितिमा सम्झौता गरेका अस्पतालहरुले सम्झौता मिति अगावै सेवा स्थगन गरेको सुचना टाँस गरेको र सम्झौता मिति समाप्त भएका तथा नविकरण नभएका स्वास्थ्य संस्थाहरुलाई बीमा सूचि बाट हटाएको बोर्डले जनाएको छ । साउन ३२ गते बसेको बोर्डको बैठकले पाल्पाका दुई सहित देशभरका विभिन्न २६ अस्पताललाई सेवा प्रदायक संस्थाको सूचिबाट हटाएको हो । स्वास्थ्य बीमा बोर्ड टेकु काठमाण्डौले प्रकाशन गरेकाे सूचनामा सेवा सूचि बाट हटाएको उल्लेख छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago