निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य प्रवेशद्वार पहिरोले पुर्यो

लुम्बिनी – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको मुख्य प्रवेशद्वार ‘टनेल पोर्टल’ पहिरो खसेर पुरेको छ। गए रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिराले सिद्धबाबा मन्दिरनजिकैको टनेल पुरेको हो।

सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीले आफू अहिले कार्यस्थलभन्दा बाहिर रहेको भन्दै बुटवलतर्फको साइटमा निर्माण थालिएको टनेलमा पहिराले ठूलो क्षति पुर्‍याएको भन्ने आफूले जानकारी पाएको बताए।

उनका अनुसार पहिराले पुरेर कुन भागमा कति क्षति भयो भन्ने यकिन विवरण भने तयार भएको छैन। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाखमा सुरुङमार्गको काम अगाडि बढाएको थियो।

वर्षामा ढलान गर्न नहुने नेपाली प्राविधिकको सुझावविपरीत परियोजनाले चार दिन पहिले मात्र प्रवेशद्वारको ढलान गरेको थियो। एक हजार एक सय २६ मिटर दूरी रहेको सुरुङमार्गको काम तीव्रगतिमा अगाडि बढिरहेका बेला पहिरोले मुख्यविन्दुमा क्षति पुगेको छ।

सुरुङमार्गको प्रस्थानविन्दु बुटवलतर्फको रिपलाई पहिराले भत्काएपछि र पाल्पातर्फको रिपलाई यसअघिको पहिराले पुरेपछि आयोजनाको खर्च बढेको छ। सुरुङको प्रस्थानविन्दुको माथिबाटै पहिरो खसेको छ भने लेदोले सबै पुरिएको छ।

सुरुङमार्गमा अहिले दैनिक ८० जना कामदारले काम गर्दै आएका छन्। बाह्रै महिनादेखि पहिरो झरेर अकालमै यात्रुको मृत्यु हुने क्रम बढेसँगै पाल्पाको तिनाउ गाउँपालिका–३ मा सुरूङमार्ग निर्माण थालिएको थियो।

बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ एक हजार एक सय २६ मिटर दूरीमा सुरुङमार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युत्को ड्याममाथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्टलगायतका पूर्वतयारीका काम फागुन दोस्रो हप्तादेखि सुरु भएको थियो।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिराले बर्सेनि ठूलो दुर्घटना हुने गरेको छ। वर्षौंदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरुङमार्गको निर्माणअघि बढाएको हो। यो परियोजनाको लागत रु १० अर्ब अनुमान गरिएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago