बिर्तामोडका १६ वटा विद्यालयलेल छात्रवृत्ति वितरणको विवरण बुझाउन बाँकी

झापा। असार मसान्तभित्र छात्रवृत्तिको विवरण पेश गर्न बिर्तामोड नगरपालिकाले निर्देशन दिएपनि नगरका कतिपय विद्यालयले अझै पनि विवरण बुझाएका छैनन् ।

बिर्तामोड नगरपालिकामा ५८ वटा संस्थागत विद्यालय छन् । तीमध्ये ४२ वटाले छात्रबृत्ति वितरणको विवरण बुझाएको र बाँकी १६ वटाले नबुझाएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरपालिकाले असार ८ र १५ गते गरी दुईपटक छात्रवृत्तिको विवरण बुझाउन सूचना जारी गरेको थियो । तर, पनि कतिपय विद्यालयहरुले अटेर गरिरहेका छन् ।

सात दिने म्यादसहित भोलि अन्तिम सूचना प्रकाशित गर्न लागेको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । ‘हामी भोलि ७ दिने म्यादसहितको अन्तिम सूचना निकाल्दै छौं ’ निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका भण्डारीले भने,‘त्यसपछि जरिवानासहित दर्ता खारेजको प्रक्रिया अघि बढ्नेछ ।

’ नगरका विद्यालयहरुलाई बारम्बार भन्दै आएपनि अटेर गरेर कतिपय विद्यालयहरुले अझै पनि छात्रवृत्ति विवरण नबुझाएको नगर प्याव्सनका अध्यक्ष उत्तम खनालले बताए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago