काठमाडौं: नेपालको सार्वजनिक ऋणको आकार बढेर सवा २२ खर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्म सरकारी ऋणको आकार २२ खर्ब २१ अर्ब ६७ करोड पुगेको हो। यो भनेको प्रतिनेपाली ७६ हजार एक सय ७७ रुपैयाँ हो।
सरकारले तिर्न बाँकी ऋणमध्ये ११ खर्ब २८ अर्ब ३२ करोड आन्तरिक र १० खर्ब ९३ अर्ब ३४ करोड बाह्य ऋण हो। गत आर्थिक वर्ष मात्र २ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँ ऋण थपिएको छ। १ खर्ब ४० अर्ब ८७ करोड ९९ लाख आन्तरिक र ६७ अर्ब ५० करोड बाह्य ऋण थपिएको कार्यालयले जनाएको छ।
गत आर्थिक वर्ष सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा सरकारले २ खर्ब २२ अर्ब ७४ करोड २१ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम पुँजीगत खर्च बराबर हो। गत वर्ष पुँजीगततर्फ २ खर्ब ३३ अर्ब ६९ करोड खर्च भएको थियो। आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानीमा १ खर्ब ७९ अर्ब ७२ करोड र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४३ अर्ब १ करोड खर्च भएको कार्यालयले जनाएको छ। गत वर्ष ७२ अर्ब ८९ करोड रुपैयाँ ब्याजमा मात्र खर्च भएको छ।
जीडीपी–ऋण अनुपात ४५.८० प्रतिशत
अहिले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४८ खर्ब ५१ अर्ब ६२ करोड पुगेको छ। जीडीपीको आकारलाई आधार मान्दा सार्वजनिक ऋणको अनुपात ४५. ८० प्रतिशत पुगेको छ। जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानुलाई जोखिमपूर्ण मानिन्छ।
एक दशकमा चार गुणाले वृद्धि
सार्वजिनक ऋण एक दशकमा चार गुणाले बढेको छ। आर्थिक वर्ष २०७०/७१ मा नेपालको सार्वजनिक ऋण ५ खर्ब ५३ अर्ब ५० करोड थियो। त्यो वर्ष जीडीपीमा सार्वजनिक ऋणको अनुपात २८.५१ प्रतिशत थियो। पछिल्लो ५ वर्षमै ऋण दोब्बरभन्दा बढीले बढेको छ। आर्थिक वर्ष २०७३/७४ मा सार्वजनिक ऋणको आकार ६ खर्ब ९७ अर्ब ६८ करोड थियो। सरकारले भने यो वर्ष ४ खर्ब ५२ करोड ऋण उठाउने लक्ष्य दिएको छ। रासस
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…