प्रतिनेपाली ७६ हजार एक सय ७७ रुपैयाँ ऋण

काठमाडौं: नेपालको सार्वजनिक ऋणको आकार बढेर सवा २२ खर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्म सरकारी ऋणको आकार २२ खर्ब २१ अर्ब ६७ करोड पुगेको हो। यो भनेको प्रतिनेपाली ७६ हजार एक सय ७७ रुपैयाँ हो।
सरकारले तिर्न बाँकी ऋणमध्ये ११ खर्ब २८ अर्ब ३२ करोड आन्तरिक र १० खर्ब ९३ अर्ब ३४ करोड बाह्य ऋण हो। गत आर्थिक वर्ष मात्र २ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँ ऋण थपिएको छ। १ खर्ब ४० अर्ब ८७ करोड ९९ लाख आन्तरिक र ६७ अर्ब ५० करोड बाह्य ऋण थपिएको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा सरकारले २ खर्ब २२ अर्ब ७४ करोड २१ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम पुँजीगत खर्च बराबर हो। गत वर्ष पुँजीगततर्फ २ खर्ब ३३ अर्ब ६९ करोड खर्च भएको थियो। आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानीमा १ खर्ब ७९ अर्ब ७२ करोड र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४३ अर्ब १ करोड खर्च भएको कार्यालयले जनाएको छ। गत वर्ष ७२ अर्ब ८९ करोड रुपैयाँ ब्याजमा मात्र खर्च भएको छ।

जीडीपी–ऋण अनुपात ४५.८० प्रतिशत

अहिले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४८ खर्ब ५१ अर्ब ६२ करोड पुगेको छ। जीडीपीको आकारलाई आधार मान्दा सार्वजनिक ऋणको अनुपात ४५. ८० प्रतिशत पुगेको छ। जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानुलाई जोखिमपूर्ण मानिन्छ।

एक दशकमा चार गुणाले वृद्धि

सार्वजिनक ऋण एक दशकमा चार गुणाले बढेको छ। आर्थिक वर्ष २०७०/७१ मा नेपालको सार्वजनिक ऋण ५ खर्ब ५३ अर्ब ५० करोड थियो। त्यो वर्ष जीडीपीमा सार्वजनिक ऋणको अनुपात २८.५१ प्रतिशत थियो। पछिल्लो ५ वर्षमै ऋण दोब्बरभन्दा बढीले बढेको छ। आर्थिक वर्ष २०७३/७४ मा सार्वजनिक ऋणको आकार ६ खर्ब ९७ अर्ब ६८ करोड थियो। सरकारले भने यो वर्ष ४ खर्ब ५२ करोड ऋण उठाउने लक्ष्य दिएको छ। रासस

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago