म मन्त्रालयमा सधैँ बस्ने गरेको छुः रहबर अन्सारी

वीरगञ्ज – मधेस प्रदेशका मन्त्रालयमा मन्त्रीहरू नै नबस्ने गरेको जनगुनासोपछि आफू मन्त्री भएपछि सधैँ मन्त्रालयमा बस्ने गरेको उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले बताएका छन्।

वीरगञ्जमा शनिबार आयोजित तन्नेरीसित मन्त्री कार्यक्रममा उनले प्रदेशका मन्त्रालयमा मन्त्रीहरू ६/६ महिनापछि एकचोटि मात्रै बस्ने गरे पनि आफू सधैँ जनताको सेवाका लागि मन्त्रालयमा निरन्तर बस्ने पहिलो कार्य गरेको बताए।‘मन्त्रीहरू त मन्त्रालयमा बस्दै बस्दैनन् सेवाग्राही भन्छन् म मन्त्री भएपछि सधैँ मन्त्रालयमा बस्ने गरेको छु,’ उनले भने, ‘६–६ महिनामा एकपटक मन्त्रालयमा मन्त्री भेटिने परम्परा अन्त्य गरेको छु।’

मन्त्रीहरू मन्त्रालयमा नबस्ने गरेकै कारण कर्मचारीलाई पनि मन्त्री भएको स्थानमै पुगेर फाइलमा सही गराउनुपर्ने अवस्था रहेको राज्यमन्त्री अन्सारीको भनाइ थियो। काम गर्ने कर्मचारीको साथमा आफू सदैव रही आएको जानकारी दिँदै उनले गलत काम गर्ने कर्मचारीलाई भने कुनै हालतमा नछोडिने बताए।अन्सारीले आफ्नो मन्त्रालयमातहतका डिभिजन वन पर्साका सहायक वन अधिकृतले घुस लिएको प्रमाण भेटेपछि तत्कालै उनलाई मन्त्रालयबाटै निलम्बन गराइदिएको बताए।

‘कर्मचारीहरू मन्त्रीको पछि लागेर फाइलमा सही गराउनुपर्ने अवस्था अन्त्य गर्छु, काम गर्ने कर्मचारीको साथमा म सदैव छु,’ उनले भने, ‘काम नगर्ने कर्मचारीलाई भने कुनै हालतमा छाडिन्न गलत गरेको प्रमाणित भए सिधै जागिर जान्छ।’

मन्त्रालयमा आफू मन्त्री बनेर जाँदा इन्टरकम फोन सेवासमेत नभएको भेटिएकाले कर्मचारी र मन्त्रीबीचको आन्तरिक कुराकानीका लागि इन्टरकम टेलिफोन सेवा जडान गर्न लगाएको बताए।मधेस प्रदेशमा पर्यटन विकासको नाममा मठ मन्दिर, मदरसाका लागि अघिल्लो मन्त्रालयले बजेट लगानी गरिसकेको बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago