म मन्त्रालयमा सधैँ बस्ने गरेको छुः रहबर अन्सारी

वीरगञ्ज – मधेस प्रदेशका मन्त्रालयमा मन्त्रीहरू नै नबस्ने गरेको जनगुनासोपछि आफू मन्त्री भएपछि सधैँ मन्त्रालयमा बस्ने गरेको उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले बताएका छन्।

वीरगञ्जमा शनिबार आयोजित तन्नेरीसित मन्त्री कार्यक्रममा उनले प्रदेशका मन्त्रालयमा मन्त्रीहरू ६/६ महिनापछि एकचोटि मात्रै बस्ने गरे पनि आफू सधैँ जनताको सेवाका लागि मन्त्रालयमा निरन्तर बस्ने पहिलो कार्य गरेको बताए।‘मन्त्रीहरू त मन्त्रालयमा बस्दै बस्दैनन् सेवाग्राही भन्छन् म मन्त्री भएपछि सधैँ मन्त्रालयमा बस्ने गरेको छु,’ उनले भने, ‘६–६ महिनामा एकपटक मन्त्रालयमा मन्त्री भेटिने परम्परा अन्त्य गरेको छु।’

मन्त्रीहरू मन्त्रालयमा नबस्ने गरेकै कारण कर्मचारीलाई पनि मन्त्री भएको स्थानमै पुगेर फाइलमा सही गराउनुपर्ने अवस्था रहेको राज्यमन्त्री अन्सारीको भनाइ थियो। काम गर्ने कर्मचारीको साथमा आफू सदैव रही आएको जानकारी दिँदै उनले गलत काम गर्ने कर्मचारीलाई भने कुनै हालतमा नछोडिने बताए।अन्सारीले आफ्नो मन्त्रालयमातहतका डिभिजन वन पर्साका सहायक वन अधिकृतले घुस लिएको प्रमाण भेटेपछि तत्कालै उनलाई मन्त्रालयबाटै निलम्बन गराइदिएको बताए।

‘कर्मचारीहरू मन्त्रीको पछि लागेर फाइलमा सही गराउनुपर्ने अवस्था अन्त्य गर्छु, काम गर्ने कर्मचारीको साथमा म सदैव छु,’ उनले भने, ‘काम नगर्ने कर्मचारीलाई भने कुनै हालतमा छाडिन्न गलत गरेको प्रमाणित भए सिधै जागिर जान्छ।’

मन्त्रालयमा आफू मन्त्री बनेर जाँदा इन्टरकम फोन सेवासमेत नभएको भेटिएकाले कर्मचारी र मन्त्रीबीचको आन्तरिक कुराकानीका लागि इन्टरकम टेलिफोन सेवा जडान गर्न लगाएको बताए।मधेस प्रदेशमा पर्यटन विकासको नाममा मठ मन्दिर, मदरसाका लागि अघिल्लो मन्त्रालयले बजेट लगानी गरिसकेको बताए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago