सहाराको स्थापना दिवसमा हाफ म्याराथन

बिर्तामोड, बिर्तामोड २ चारपानेमा मुख्य कार्यालय रहेको नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ ।

संस्थाको स्थापना दिवसका अवसरमा यही चैत २१ गते मुल कार्यालयमा २१ दशमलव ०९ किलोमिटर दूरीको खुला हाफ म्याराथन हुन लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
खुला हाफ म्याराथन प्रतियोगितामा देशभरिका खेलाडीले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ ।

आर्थिक, शैक्षिक, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको संयोजक प्रशान्त भण्डारीले जानकारी दिए ।

संस्थाको मुल कार्यालयबाट सुरु हुने प्रतियोगिता चारपाने चोक–प्रभु चोक–सांगवेद स्कुल–ओमचोक–कुशल चोक–अर्जुनधारा धाम–वरपिपल चोक–मिलडाँडा–प्रगति टोल–भाङबारी–तामाङ चोक–रातेखाल–बिरिङ खोलाको कज्वे–पानीकल–लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिनेछ ।

प्रतियोगितामा महिला र पुरुषको अलग–अलग विधा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रोलाई नगद ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार रुपैयाँ प्रदान गरिने संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।

त्यस्तै, चौथोदेखि दशौँसम्म हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।
यसैबीच, स्थापना दिवसको अवसरमा संस्थाको स्थापनाकालदेखि हालसम्म भएका प्रगति तथा अन्य जानकारीमुलक सन्देश भएका फोटोहरुको प्रदर्शनी राखिने भएको छ ।
त्यस्तै, चैत २१ गते नै संस्थाले नगद डिपोजिट मेसिनको शुभारम्भ गर्ने संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले जानकारी दिए ।

त्यस्तै, ज्येष्ठ नागरिक स्वास्थ्य हेरचाह कार्यक्रमको शुभारम्भ पनि सोही दिन गरिनेछ । संस्थामा हाल ८० वटा सेवाकेन्द्रमा एक लाख ६० हजार ६३४ जना शेयर सदस्यहरु छन् ।

संस्थाको शेयर पुँजी १ अर्ब ६४ करोड २३ लाख, जगेडा कोष १ अर्ब ११ करोड २१ लाख, अन्य कोष ४४ करोड ७१ लाख, बचत १० अर्ब ६६ करोड ७ लाख, लगानीमा रहिरहेको ऋण १२ अर्ब, भौतिक सम्पत्ति ५१ करोड ७० लाख र बाह्य ऋण १ अर्ब ५ करोड रहेको छ ।

२०७९ माघ मसान्तसम्मको संस्थाको वासलात १५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago