सहाराको स्थापना दिवसमा हाफ म्याराथन

बिर्तामोड, बिर्तामोड २ चारपानेमा मुख्य कार्यालय रहेको नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ ।

संस्थाको स्थापना दिवसका अवसरमा यही चैत २१ गते मुल कार्यालयमा २१ दशमलव ०९ किलोमिटर दूरीको खुला हाफ म्याराथन हुन लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
खुला हाफ म्याराथन प्रतियोगितामा देशभरिका खेलाडीले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ ।

आर्थिक, शैक्षिक, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको संयोजक प्रशान्त भण्डारीले जानकारी दिए ।

संस्थाको मुल कार्यालयबाट सुरु हुने प्रतियोगिता चारपाने चोक–प्रभु चोक–सांगवेद स्कुल–ओमचोक–कुशल चोक–अर्जुनधारा धाम–वरपिपल चोक–मिलडाँडा–प्रगति टोल–भाङबारी–तामाङ चोक–रातेखाल–बिरिङ खोलाको कज्वे–पानीकल–लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिनेछ ।

प्रतियोगितामा महिला र पुरुषको अलग–अलग विधा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रोलाई नगद ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार रुपैयाँ प्रदान गरिने संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।

त्यस्तै, चौथोदेखि दशौँसम्म हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।
यसैबीच, स्थापना दिवसको अवसरमा संस्थाको स्थापनाकालदेखि हालसम्म भएका प्रगति तथा अन्य जानकारीमुलक सन्देश भएका फोटोहरुको प्रदर्शनी राखिने भएको छ ।
त्यस्तै, चैत २१ गते नै संस्थाले नगद डिपोजिट मेसिनको शुभारम्भ गर्ने संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले जानकारी दिए ।

त्यस्तै, ज्येष्ठ नागरिक स्वास्थ्य हेरचाह कार्यक्रमको शुभारम्भ पनि सोही दिन गरिनेछ । संस्थामा हाल ८० वटा सेवाकेन्द्रमा एक लाख ६० हजार ६३४ जना शेयर सदस्यहरु छन् ।

संस्थाको शेयर पुँजी १ अर्ब ६४ करोड २३ लाख, जगेडा कोष १ अर्ब ११ करोड २१ लाख, अन्य कोष ४४ करोड ७१ लाख, बचत १० अर्ब ६६ करोड ७ लाख, लगानीमा रहिरहेको ऋण १२ अर्ब, भौतिक सम्पत्ति ५१ करोड ७० लाख र बाह्य ऋण १ अर्ब ५ करोड रहेको छ ।

२०७९ माघ मसान्तसम्मको संस्थाको वासलात १५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago