फाइल तस्बिर
पाल्पा । राजमार्गमा चेकजाचको क्रममा लागू औषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १० गते शुक्रबार दिउँसो उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
सिद्दार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डमा प्रहरी चौकी दोभानको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनिहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनिहरु बुटवल देखी पोखरा तर्फ जाँदै गरेका थिए । उनीहरुले प्रयोग गरेको ग ३ च ५९०१ नम्बरको कार रोकी चेकजाँच गर्ने क्रममा कार चालक जिल्ला कास्की अन्नपुर्ण गा.पा.५ बिरेठाटी बस्ने बर्ष ३५ को संजय मुल्मी (नेवार) र सोही कारमा सवार जिल्ला धादिङ तिरपुरा गा.पा. ३ मुरचोक बस्ने वर्ष ३७ को किरण गजमेरो लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पाल्पाको तिनाउ गा.पा. ३ झुम्सा स्थितमा उनिहरुको साथबाट नुफिन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल गरी जम्मा १५० एम्पुल लागु औषध प्रहरीले फेला परेको थियो । प्रयोग भएको कार र निज दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धान भैरहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…