केपी शर्मा ओली मेरो पुरानो साथी हो, राष्ट्रपतिमा सघाउने विश्वास छः पौडेल

काठमाडौँ – कांग्रेस वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत राष्ट्रपति बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गरेका छन्।

शनिबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले भने, ‘मैले अपेक्षा गरेको हो सर्वसम्मत हुन। सम्भवतः त्यो पनि चुनावको दिनसम्म हुन्छ कि! त्यसमा म कोसिस गर्दै छु।

एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय। पुरानो साथी हो। उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु।’

गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उनले त्यसनिम्ति आफ्नो भूमिका हुने बताए। उनले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने बताए। त्यस्तै, राष्ट्रिय एकताका लागि पनि आफ्नो भूमिका हुने उनको भनाइ छ।

उनले भने, ‘नेपालको संविधान २०७२ को अक्षर र भावनालाई अक्षरशः पालना गर्ने मेरो कर्तव्य हो।

देशको संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार गर्ने र गणतन्त्रलाई संस्थागत गर्ने अहिलेको चुनौती छ। गणतन्त्र संस्थागत गर्नुपरेको छ।’

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago