केपी शर्मा ओली मेरो पुरानो साथी हो, राष्ट्रपतिमा सघाउने विश्वास छः पौडेल

काठमाडौँ – कांग्रेस वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत राष्ट्रपति बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गरेका छन्।

शनिबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले भने, ‘मैले अपेक्षा गरेको हो सर्वसम्मत हुन। सम्भवतः त्यो पनि चुनावको दिनसम्म हुन्छ कि! त्यसमा म कोसिस गर्दै छु।

एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय। पुरानो साथी हो। उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु।’

गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उनले त्यसनिम्ति आफ्नो भूमिका हुने बताए। उनले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने बताए। त्यस्तै, राष्ट्रिय एकताका लागि पनि आफ्नो भूमिका हुने उनको भनाइ छ।

उनले भने, ‘नेपालको संविधान २०७२ को अक्षर र भावनालाई अक्षरशः पालना गर्ने मेरो कर्तव्य हो।

देशको संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार गर्ने र गणतन्त्रलाई संस्थागत गर्ने अहिलेको चुनौती छ। गणतन्त्र संस्थागत गर्नुपरेको छ।’

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago