प्रेमप्रसाद आचार्यको आत्मदाह राज्यसंयन्त्रकै असफलता : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु राज्य संयन्त्रकै असफलता भएको बताएका छन् । बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले यो नेपालको राज्य संयन्त्र, समग्र सिस्टम र सिस्टम चलाउनेहरुको असफलता भएको बताएका हुन् ।

कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र सिस्टम ठीक नहुने बताउँदै उनले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन सिस्टमको मर्मत गर्ने अठोट चाहिएको बताए ।

गगन थापाले के लेखे फेसबुकमा ?

प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन पटक-पटक घोचिरहेको छ ।

यसो सोच्छु – उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि ! फेरि सोच्छु-यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म,  हामी सिष्टम चलाउनेको असफलता हो ।

कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठीक हुँदैन । गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ । अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला !

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago